मास्क नलगाई हिँड्नेलाई पक्राउ गर्न गृहको निर्देशन

0
564

काठमाडौं ।

गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ ।

गृह-प्रवक्ता (सह-सचिव) केदारनाथ शर्माले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयलाई यस्तो निर्देशन दिइएको जानकारी दिए ।

उनले भने, “यसअघि नै निर्देशन दिइएको हो । पालना नभएको पाइएकाले फेरि निर्देशन दिएका हौं । मास्क प्रयोग गर्ने,२ मिटरको दूरी कायम गर्नुपर्ने र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न गराउन निर्देशन दिएका हौं ।”

निर्देशनको अवज्ञा गरेको पाइए पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने प्रवक्ता शर्माले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here