खल्नागाउँमा पहिरो जाँदा २४ घर विस्थापित

0
1092

मान्म,

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५ खल्लागाउँका २४ घरधुरी पहिराको उच्च जोखिममा परेका छन् । निरन्तर पानी पर्न थालेपछि गाउँमाथिबाट पहिरो खस्न थालेकाले गाउँ नै जोखिममा परेको हो ।

निरन्तर पहिरो आउन थालेपछि गाउँ नै जोखिममा परेको किर्डाक कालीकोटका शैक्षिक अधिकृत धनीराम न्यौपानेले बताउनुभयो । ‘२४ घरधुरीका १२६ परिवार प्रभावित भएका छन्’, उहाँले भन्नुभयो, ‘तीमध्ये ६२ जना बालबालिका, एक जना वृद्ध र तीन जना अपाङ्गता भएका अतिप्रभावित भएका छन् ।’

पहिराका कारणले गाउँमा लगाइएको बालीनाली नष्ट भएको र अहिले गाउँलेलाई सुरक्षित स्थानमा सारिएको स्थानीयवासी दिनेश चदाराले बताउनुभयो । ‘अहिले गाउँलेलाई सुरक्षित स्थानमा राखिएको छ’, उहाँले भन्नुभयो,‘२४ घर भत्किएका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here