सवारी चलाउँदा फोनमा बोले ठाँउका ठाँउ कारबाही

0
913

बिर्तामोड ।

के तपाई सवारी चलाउँदा मोबाइल फोनमा कुरा गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने कारवाहीमा पर्नुहोला । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी चलाउँदा चालकलाई मोबाइल प्रयोग गर्न रोक लगाइएको छ ।

ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगूले चालकले मोबाइलमा कुरा गर्दा पनि अधिकांश ठूला दुर्घटना भइरहेको भन्दै सानाठूला जुनसुकै सवारी चलाउँदा मोबाइल प्रयोग गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दोस्रो संशोधन २०७३ अनुसार कारवाही अगाडि बढाइने बताए ।

‘एकपछि अर्को ठूला दुर्घटना भइरहेकाले यसलाई न्यूनीकरण गर्न कार्यालय मातहतमा रहेका जुनसुकै सवारी साधन चलाउँदा मोबाइलमा कुराकानी गर्न रोक लगाउने निर्णय गरेको प्रमुख जवेगूले बताए । एकपछि अर्को गर्दै सडक दुर्घटना बढन थालेपछि न्यूनीकरणको उपायप्रति सरोकारवालाले चिन्ता गरेका छन् ।

प्रहरीले दुर्घटनालाई न्यूनीकरण गर्न चालकलाई मोबाइल फोन प्रयोगमा रोक लगाउने योजना अघि सारेको हो । यसलाई कार्यान्वयन गर्न दैनिक अनुगमन तथा जाँच गरेको ट्राफिक प्रहरी निरीक्षक जवेगूले बताए । उनका अनुसार अब कुनै पनि चालकले मोबाइल चलाउने र सवारी सञ्चालनको समयमा फोनमा कुरा गरेको पाए ठाँउका ठाँउ कारबाही गर्ने चेतावनी दिए । ‘यदि कुरा नै गर्नुप¥यो भने गाडी रोकेर कुरा गर्नुपर्ने नियम बनाएको छ, चालकले कुरा सकेपछि मात्रै सवारी सञ्चालन गर्नु पर्ने छ’, जवेगूले भने, ‘यसलाई पूर्णरुपले कार्यान्वयन गर्ने पक्षमा कडाई शुरु भएको छ ।’

पहिलो कारण चालकको लापरवाही, भौगोलिक अवस्था, बाटोका अवस्था, पैदल यात्रु तथा सडक प्रयोगकर्ताको समस्या र लामो दूरीका चालकलाई बीचमा रोकेर प्रशिक्षण समेत दिने गरेको छ । सवारी चलाउने क्रममा सामाजिक सञ्‍जाल चलाउने, म्यासेज गर्ने तथा फोन गर्ने चालकलाई सजाय गर्नका लागि ठाँउ–ठाँउमा चेकजाँचलाई तिब्रता दिने ट्राफिक प्रहरी निरीक्षक जवेगूले बताए ।

सडक सुक्षा विज्ञहरुले सवारी चलाउने क्रममा फोन प्रयोग गर्दा दुर्घटना बढेको बताएका छन् । विज्ञहरुका अनुसार जसले सवारी चलाउने क्रममा फोन प्रयोग गर्छन् । उनीहरु नै दुर्घटनाको जोखिममा पर्ने सम्भावना चार गुणा बढी छ ।

“मदिरा सेवन गरेर मोबाइल चलाउनु र मोबाइल प्रयोग गरेर सवारी चलाउनु उस्तै हो भन्नेमा कुनै शंका छैन । मदिरा सेवन गरेर सवारी चलाउने र मोबाइल प्रयोग गर्दै सवारी हाँक्ने व्यक्ति जहाँसुकै र जुनसुकै समयमा पनि दुर्घटनामा पर्नसक्छ । त्यसकारण हामी हरेकलाई सवारी चलाउने क्रममा सावधानी अपनाउन आग्रह गर्छौं ,“ ट्राफिक प्रहरी निरीक्षक जवेगूले भने ।

पूर्वमा भएको दुर्घटनामा दैनिक जसो मासिनको मृत्यु हुने गरेको प्रहरीले जनाएको छ । कोरोना भाइसरका कारण गरिएको लडाउनको समयमा पनि धेरैले ज्यान गुमाउनु परको भन्दै झापामा अब सवारी चलाउनमा फोनमा कुरा गरे ठाँउका ठाँउ कारबाही गर्ने प्रहरी निरीक्षक जवेगूले बताए । मोटरसइकल तथा अन्य चारपाङ्ग्रे सवारी चलाउदा मोबाइलमा कुरा गर्दै सवारी सञ्चालन गरेको भन्दै ट्राफिक प्रहरी कडा रुपमा प्रस्तुत हुने भएको हो ।

यसेैबीच कोरोना भाइसरका कारण मापसे चेकिङ्ग स्थगित गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सोमबारबाट मापसे चेकजाँच शुरु गरेको प्रहरी निरीक्षक जवेगूले बताए । उनले लकडाउनको समयमा ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर चेकजाँचलाई स्थगन गरेपनि सोमबारबाट सुरक्षा सर्तकता अप्नाएर सोमबारबाट चेकजाँच शुरु गरेको उनको भनाई छ ।

कोरोना भाइरसको संक्रमणको समयमा सुरक्षा सर्तकता अप्नाएर मापसे चेकजाँच स्थगन गरेसंगै दिउँसै मापसे सेवन गरेर सवारी सञ्चालन गर्ने बढेको र दुर्घटना बढ्ने सम्भाना बढेकाले झापामा मापसे चेकजाँच शुरु गरेको प्रहरी निरीक्षक जवेगूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here