दुई विद्यालयका शिक्षक तथा कर्मचारीले दिए एक दिनको तलब

0
672

तुलसीप्रसाद निरौला / बिर्तामोड।

‘एकका लागि एक’अभियानकोअगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागी शिवसताक्षीका दुई विद्यालयका शिक्षक तथा कर्मचारीले एक दिनको तलव प्रदान गर्ने भएका छन् ।

शिवसताक्षी – ७ लालझोडास्थित भानु माध्यमिक विद्यालय र शिवसताक्षी – ६ मा रहेको सामाजिक प्राथमिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी एक दिनको तलव प्रदान गर्ने भएका हुन् ।

पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागी शिवसताक्षी – ७ लालझोडास्थित भानु माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले एक दिनको तलव वापतको रकम ३० हजार पाँच सय एक रुपैयाँ प्रदान गर्ने बिद्यालयका प्रधानाध्यापक डामकुमार कुँवरले वताए ।

त्यस्तै पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागी शिवसताक्षी – ६ मा रहेको सामाजिक प्राथमिक विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले एक दिनको तलव वापतको रकम पाँच हजार एक रुपैयाँ प्रदान गर्ने बिद्यालयका प्रधानाध्यापक जयनारायण अधिकारीले वताए ।

‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परिक्षण गर्न जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी शिक्षक तथा कर्मचारीले एक दिनको तलव दिने घोषणा प्रशंसनिय भएको रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल)ओलीले बताए ।
उनले झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परिक्षण गर्न जनस्तरबाट पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्ने कार्यमा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले देखाएको तत्परताले अरु विद्यालयका शिक्षक तथा कर्मचारीलाई समेत प्रेरणा मिल्ने बताए ।

यसअघि शिवसताक्षी –७ को भगवति माध्यमिक विद्यालय र शिवसताक्षी –११ स्थित राष्ट्रिय रमणीय आदर्श मावि दूधेका शिक्षक तथा कर्मचारीले एक दिनको तलव पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि प्रदान गर्ने घोषणा गरेको बताउँदै उनले अन्य विद्यालयका शिक्षक तथा कर्मचारीलाई यस पुण्यकार्यमा सहभागी हुन आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here