चोरीको मोटरसाइकल सहित तीन जना पक्राउ

0
549

मोरङ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–९ बाट चोरी भएको मोटरसाइकल सहित ३ जना पक्राउ परेका छन् ।

पथरी शनिश्चरे नगरपालिका–२ का आतेजुङ राईले आफ्नो को ३४ प ६००४ नम्बरको मोटरसाईकल सोमवार राती करिव २ बजेको समयमा घरबाट नै हराएको जानकारी गराएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका–१० का २० बर्षीय निमा तामाङ , बेलबारी नगरपालिका–२ का २० बर्षीय पृतिमान भण्डारी र २२ बर्षीय अभिषेक कट्टेललाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ परेका मध्ये निमा तामाङले केही समय अगाडी पथरी बजारका केही पसलहरुबाट जिन्सी समानहरु समेत चोरी गरेको खुल्न आएको तथा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here