अर्जुनधारामा ‘राजमुपा’को सचेतनामूलक र अन्तरक्रिया कार्यक्रम

0
758

अर्जुनधारा ।

कोभिड–१९ तथा सरुवा रोग सम्बन्धी जानकारी दिने उद्धेश्यले राष्ट्रिय जनमुक्ति पार्टी नगर समितिको आयोजनामा मंगलबार एक दिवसीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

अर्जुनधारा–८स्थित सामुदायिक भवनमा समितिका अध्यक्ष दिलीप राईको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङवाले गरेका थिए ।

नेपालगञ्ज मेडिकल कलेजका एसीसटेन्ट प्रोफेसर सरुवा रोग विशेषज्ञ डा.किशोर गुरुङले सहजिकरण गरेको कार्यक्रममा ३० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, नगर सभा सदस्य सुशिला सुवेदी, पार्टीकी केन्द्रीय उपाध्यक्ष मीना पन्धाक, चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओली र अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले मन्तव्य व्यक्त गरेका थिए ।

सोही कार्यक्रमकोबीच समितिले पार्टीको भावी योजना, वर्तमान अवस्था र समसामयिक विषयमा कार्यकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको सहभागी राज खम्बूले जानकारी दिए । उक्त कार्यक्रमको सहजिकरण पार्टी केन्द्रीय अध्यक्ष पालुङवाले गरेका थिए ।

समितिका उपाध्यक्ष तेजबहादुर योङहाङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव भूपाल राना मगरले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here