आकाशमा कालोबादल मडारिन थाले पछि…

0
854

विनोद सापकोटा / झापा ।

शिवसताक्षी ६ की रिता उप्रेतीको घर र खेत सतासी खोलाको डिलबाट २० मिटरको दुरीमा छ । आकाशमा कालोबादल मडारिन साथै उनको होस हवास नै उड्छ । सतासी खोलामा उर्लिने भेलले उनको होस हवास अघिल्ला वर्षमा पनि उडाउने गरेको थियो । पानी पर्ने बित्तिकै उनको सातो उडे झै हुन्छ । उनले भनिन्, आँखै अगाडी भकारीको धान समेत डुबाउने गरी बाढी घरमा पसेको देख्दा सातो कस्को जादैन र ?’

०७४ सालमा आएको बाढी ढोकाबाटै घर भित्र पसेको सम्झदै उनले भनिन् ‘०७७ मा बाँचिन्छ भन्ने पटक्कै छैन । त्यस रात पनि खोलामा आएको बाढीको आवाज सुन्नै नपाई घरमा पस्यो । भएका अन्नपात र तत्ताकपडा सबै खोलाको बाढीले बगायो । स्थानीय भन्छन् ‘सतासी खोलाको बाढीले उभो लाग्न दिएन । बर्षेनी क्षतीमात्र हुन्छ ।’ खोलाकै डरले रातमा निन्द्रा आउन छाडेको तीन बर्ष पुगेको बताउँछन स्थानीयबासिन्दा ।

सतासी खोलाको बाढीले बर्षेनी दुःख दिएपछि स्थानीय हैरान छन् । बर्षभरी खानका लागि रोपेको धान क्षणभरमैे बाढीले बगाईदिन्छ । कयौ बासिन्दा बाढीकै कारण बिस्थापीत भए । बिस्थापीतको खेतमा सतासी खोलाको बालुवा छ । बाढीले जोखिममा पारेको बस्ती स्थानीय वडा नम्बर ६ को निपत्रिया हो ।

चन्द्रडाँगी बीउबिजन केन्द्रले आफ्नो क्षेत्रको संरक्षणका लागि कच्चि बाँध निर्माण गरेपछि खोलाको पानी पश्चिम धकेलिनेमा स्थानीय सशंकित छन् । केन्द्रले निर्माण गरेको बाँधका कारण सतासी खोलाको बाढी गाँउ पस्न सक्ने भन्दै स्थानीयले शिवसताक्षी नगरपालिकामा तटबन्धका लागि पटक पटक अनुरोध गरेका थिए ।

आर्थिक बर्ष सकिन १ साता मात्र बाँकी छ । स्थानीयको माग अनुसारको काम गर्न नगरपालिका संग रकम छैन । खर्च हुन नसकेका रकम पालिकाको बोर्ड बैठकले कोरोना कोषमा रकमान्तर गर्यो । यस्तो अवस्थामा नगरका प्रमुख चन्द्रकुमार सेर्मालाई स्थानीयको गुनासो सुनेर अर्को आर्थिक बर्षमा सम्बोधन गर्नुको बिकल्प थिएन ।

मंगलबार संयोग यस्तो पर्योकी नगर प्रमुख चन्द्रकुमार सेर्मा कनकाई सिचाँई प्रणालीका डिभिजन प्रमुख प्रदिप कुमार बान्तवा र ईन्जिनियर रामदेव मण्डललाई लिएर प्रभावित क्षेत्रमा पुगे । उनिहरुको योजना प्रभावित क्षेत्रको अनुगमन र त्यसपछि के गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित थियो ।

दुबै निकाय संग तटबन्धका लागि रकम नभएको विषयमा छलफल चल्दै थियो । डिभिजन प्रमुख बान्तवाले तटवन्ध गर्नुपर्ने क्षेत्रको दुरी अनुमान गरे र भने ‘लगभग ५ सय मिटर रहेछ ।’ उनको अनुमानलाई नगर प्रमुख सेर्माले घटाएर ३ सयमा झारे । डिभिजन प्रमुखले आफु सवार गाडीमा रहेको फिता सहित नगर प्रमुख सेर्माका सवारी चालकलाई लिएर आउन आफ्ना सवारी चालकलाई अराए । दुई जना चालकले बाँध निर्माण गर्नुपर्ने क्षेत्रको लम्बाई नगर प्रमुख सेर्माले अनुमान गरेजती नै ३ सय मिटर निकाले ।

नगर प्रमुख सेर्माले भने, ‘जावो ३ सय मिटर त बाँध निर्माण गर्न सकिन्छ होला नि हाकीम साहेव । भोलीदेखि नै काम सुरु गर्नुपर्यो ।’ नगर प्रमुखको आग्रहलाई कनकाई सिचाई प्रणालीका डिभिजन प्रमुखले काट्न सकेनन् । उनिहरुले भने, यो वर्ष सतासी खोलामा बाँध निर्माण गर्ने योजना र रकम नगरपालिका संग थिएन । अबको केहि दिनमा बाँध निर्माण हुने भयो ।’ त्तकाल ३ सय मिटर बाँध निर्माण हुन नसकेपनि आधा हुनेमा नगर प्रमुख सेर्मा ढुक्क छन् ।

०७४ को बाढीले सो वडाका १ सय ५४ घर परिवारको बासै बगाएर लगेको थियो । वडा अध्यक्ष मनोज खुलाल कार्की भन्छन, बाढी प्रभावित निपत्रीया बस्ती सतासी खोलाको कटान र डुवानको उच्च जोखिममा छ । वडा अध्यक्ष खुलालले प्रभावित क्षेत्रको यस अघि उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलाई समेत अनुगमन गराएका थिए । उपप्रमुख नेपाल प्रमुख प्रशासकीय अधिकृत राई लगायतको प्राविधिक टोलीले अनुगमगन गर्दा उक्त क्षेत्र उच्च जोखिममा रहेको बताएपछि नगर प्रमुुख शेर्मा सहितको टोली मंगलबार सो क्षेत्रमा पुगेको थियो ।

टोलीले सो क्षेत्रको अनुगमन मात्र गरेन । सतासी खोलाको पुर्वी डिलमा उभिएर बुधबार देखी नै ३ सय मिटर बाँध निर्माणका लागि कार्ययोजना तयार गर््यो । लञ्चिङ्ग सहितको स्लोभ बाँध निर्माणका लागि नगर प्रमुख सेर्मा सहित कनकाई सिचाई प्रणालीका डिभिजन प्रमुख बान्तवा तयार भएपछि प्रभावित क्षेत्रका १ सय ५० परिवारको धनमाल जोगिने भएको हो ।

शिवसताक्षी ६ का वडा सदस्य लक्ष्मी गुरागाइले भने, वर्षेनीको समस्या अव केहि दिन पछि टर्ने भयो ।’ समस्याको सम्बोधन गर्ने जनप्रतिनिधिको मुल्याङ्कन फेरी पनि गरिने स्थानीयले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here