सभामुख सापकोटाको आँखाको शल्यक्रिया गरियो

२४ असार २०७७, बुधबार मा प्रकाशित

काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाको बुधबार मोतियाबिन्दुको शल्यक्रिया भएको छ । उहाँको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो ।

वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलिले आज(बुधबार) बिहान १०ः३० बजे शल्यक्रिया गरेको हो । केही समययता उहाँको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा शल्यक्रिया गरिएको हो ।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयमले व्यहोर्नु भएको छ । शल्यक्रियापछि सभामुख सापकोटा आराम गरिरहनुुभएको छ ।

सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको चिकित्सकको टोली र सिंगो तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गर्नुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here