एकल महिलालाई बाख्रा वितरण

0
1261

प्युठान,

प्युठानको गौमुखी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत १३१ असहाय महिलालाई निःशुल्क बाख्रा वितरण गरिएको छ ।

आर्थिक तथा सामाजिक सूचाङ्कका आधारमा पछि परेका महिलालाई जीविकोपार्जन गर्ने उद्देश्यले स्थानीय खरी जातका बाख्रा वितरण गरिएको कार्यक्रमका सहजकर्ता सीताराम केसीले बताउनुभयो ।

पालिकाका सात वटा वडाका एकल महिलाले बाख्रा पाएका छन् । सोका लागि मुख्यमन्त्री कार्यक्रममार्फत रु सात लाख बजेट विनियोजन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here