एकैदिन जुट्यो १९ लाख १४ हजार

0
1606

बिर्तामोड ।

जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरु रकम हस्तान्तरण गर्न उत्साहित देखिएका छन् ।

बुधबार मात्र दाताहरुले एउटै कार्यक्रममा १९ लाख रुपैयाँभन्दा बढी सहयोग रकम ल्याव स्थापनाका लागि प्रदान गरेका छन् । एक कार्यक्रमकाबीच ‘एकका लागि एक अभियान’ लाई उनीहरुले नगद हस्तान्तरण गरेका थिए । दाताहरुले स्वतःस्फूर्त रकम सहयोग गर्ने क्रम जारी रहेको छ ।

अभियान अन्तर्गत बिर्तामोड उद्योग वाणिज्य संघको अतिथि सदनमा आयोजित कार्यक्रममा १९ लाख १४ हजार ७९५ रुपैयाँ प्राप्त भएको छ । बुधबार २४ वटा संस्था र ३२ जनाले व्यक्तिगत रुपमा सहयोग हस्तान्तरण गरेको अभियानका सचिवालय प्रमुख गोपाल भट्टराईले जानकारी दिए । संस्थागत रुपमा सात लाख ८९ हजार ७५८ र व्यक्तिगत रुपमा ११ लाख २५ हजार ३७ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

रकम ग्रहण कार्यक्रममा अभियानको तर्फबाट संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक बिनोद बस्नेत, सदस्यहरु लोकराज ढकाल, मदनगोपाल सुब्बा, कुमार भट्टराई, ओमकृष्ण बिमली, कुमारमणि पोखरेल, सजेश शिवाकोटी, लीला चिमरिया, मिजास पोखरेल, शिवकुमार कँडेल, गजेन्द्र पौडेल, सञ्जीव घिमिरे, निर्मल भट्टराई, नवीन कोइराला, ख्याम ओली, अर्जुन चुडाललगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण पत्रकार एकराज गिरीले गरेका थिए ।

संयोजक गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक बस्नेतले अभियानको उपलब्धि बारे जानकारी गराएका थिए भने सदस्य कुमार भट्टराईले स्वागत गरेका थिए । दाताहरुको तर्फबाट गोपालकुमार बस्नेतले धारणा राखेका थिए भने अभियानको तर्फबाट गोपाल ओलीले धन्यवाद ज्ञापन गरेका थिए ।

कसले कति दिए ?

इलाम सन्दकपुर–५ जमुनाका गजाधर–धनमाया भट्टराईको स्मृतिमा नातिहरु बिर्तामोड निवासी छविरमण, हरिहर र बद्री भट्टराईले एक लाख २५ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका थिए । पूर्ण–टुंग स्मृति प्रतिष्ठानको तर्फबाट बिर्तामोड–१का गोपालकुमार बस्नेत, श्याम बस्नेत र जीतेन्द्र बस्नेतले एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रदान गरे । बिर्तामोड–७ गरामनीका महेश्वर–भानुप्रसाद पाण्डेको स्मृतिमा कृष्ण–राधा, होम–तारा, हरि–चम्पा पाण्डेले एक लाख एक हजार रुपैयाँ प्रदान गरे । त्यस्तै स्व. रत्नबहादुर बस्नेतको स्मृतिमा छोरा चन्द्रबहादुर बस्नेतले ७० हजार रुपैयाँ प्रदान गरे । उनले ३० हजार रुपैयाँ यसअघि नै प्रदान गरेका थिए । कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले एक लाख ११ हजार एक सय ११ रुपैयाँ, अर्जुनधारा निवासी सुधादेवी गट्टानीले एक लाख रुपैयाँ, लिटल फ्लावर बोर्डिङ स्कूलले एक लाख एक हजार रुपैयाँ, इजरायलस्थित प्रवासी सृजनशील महिला समूहले एक लाख ५४ हजार एक सय ९५ रुपैयाँ, शिवसताक्षी–७का जंगवीर इजमले एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् ।

त्यसैगरी सिंगापुर वेभरेज नेपाल बिर्तामोडले ५१ हजार, चेम्बर अफ कमर्स सुरुङ्गाले २१ हजार, नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले २१ हजार, सिजर राजभण्डारीले ११ हजार, वीरता लेडी जेसीजले २१ हजार, कृष्णकुमार–नवीनकुमार ट्रेडर्सले २१ हजार, दीपज्योति युवा क्लब झापा गापाले ११ हजार, राष्ट्रिय रमणीय आदर्श मावि दूधेले २५ हजार नौ सय १०, कञ्चन जैविक विविधता संरक्षण तथा विकास संस्था शिवसताक्षी–७ले ५५ सय, भगवती मावि शिवसताक्षीले २० हजार तीन सय ४०, सतासी कंक्रिट उद्योग शिवसताक्षी–११ले ११ हजार, तारासिंह लिङ्देन र अम्बिका ओली लिङ्देनले ११ हजार, उमानाथ दाहालले ११ हजार, कल्पना ओली आचार्य र हिरालाल आचार्यले ११ हजार, यादवकुमार ओलीले ११ हजार प्रदान गरेका छन् ।

त्यस्तै रेखा ओली र टीका उप्रेतीले ११ हजार, तुलसादेवी ओलीले १५ हजार, नन्दीकेशर अधिकारीले २१ हजार एक सय, सामाजिक आदर्श प्रावि शिवसताक्षीले ५१ सय, भानु मावि शिवसताक्षीले ३० हजार ५ सय १, शिवसताक्षी दोहा कतार समाजले २० हजार एक सय १५, सर्फराज खानले १५ हजार, महिला मुक्ति अभियान झापाले १० हजार ५ सय, ओमकृष्ण–पार्वता विमलीले २१ हजार, लायन्स क्लब अफ बिर्तामोडले ११ हजार, कनकाई धाम धार्मिक विकास संस्थाले १५ हजार, दीपेन्द्र र नम्रता ढकालले २१ हजार, डा. बिजय केसीले २१ सय, एबीसी नेपालले ५१ सय, जीएमपी तिम्सिना फाउण्डेशन काठमाडौंले २० हजार, पदम प्रसाईंले ५ हजार, सोभित प्रसाईंले ११ हजार, शम्भु पोखरेलले ५१ हजार, राजवंशी समुदाय सांस्कृतिक प्रबद्र्धन विकास समितिले ५५ सय प्रदान गरेका छन् ।

त्यसैगरी सुरज–संगीता रौनियारले ११ हजार, होम–कञ्चना ढकाल सिटौलाले २१ हजार, बुद्धि घिमिरेले ५१ हजार, कुमार दाहालले ५१ हजार, मेघा इन्भेष्टमेन्ट ग्रुपले ११ हजार, पोखरा लेडी जेसीजले १० हजार, देवी पञ्चकन्या मर्निङ ग्रुपले ५१ हजार, सन्तोष गिरीले २५ हजार, शुभलक्ष्मी सहारा महिला समूहले २५ हजार ५ सय, रमेश सरियाले ५१ हजार, उर्लाबारी बाणिज्य संघले २१ हजार, अपाङ्गता स्वावलम्बन केन्द्रले ११ हजार १, उद्योग वाणिज्य महासंघ प्रदेश १ले ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here