झापामा थपिँदै कोरोना संक्रमित

२५ असार २०७७, बिहीबार मा प्रकाशित

झापा ।

बिर्तामोडका एकसहित झापामा ६ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि हुनेमा बिर्तामोड–३ का ४७ वर्षीय पुरुष रहेका छन् । उनी साउदी अरबबाट फर्केर कञ्चनजंघा इन्स्टीच्युटको क्वारेन्टाइनमा बसेका थिए ।

योसँगै बिर्तामोडमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यसअघि बिर्तामोड–४का दुई पुरुष, वडा नं. ७ एक महिला र पुरुष तथा वडा नं. ५का एक पुरुषमा संक्रमण देखिएको थियो । त्यस्तै आजै मेचीनगर नगरपालिकाका एक महिलासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा मेचीनगर–१४की ३५ वर्षीया महिला रहेकी छन् । उनी अतिथि सदन क्वारेन्टाइनमा बसेकी थिइन् । त्यस्तै मेचीनगर १, ५, १० र १५ नं. वडाका एक÷एक जना पुरुषमा संक्रमण देखिएको छ ।

उनीहरु कवि शिरोमणि मावि, आदर्श मावि, काँकरभिट्टा माविको क्वारेन्टाइनमा बसेका थिए । संक्रमितहरु भारतबाट घर फर्केको जानकारी मिलेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाँईले बताए । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २९६ पुगेको छ भने नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २५५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । मंगलबार २०४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो भने सोमबार १८० जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार ६ सय ९६ जनाको नमूना परीक्षण गरिएको थियो । अहिलेसम्म २५ हजार ४० जना क्वारेन्टाइनमा छन् । आठ हजार ६ सय ३२ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कूल संख्या सात हजार सात सय ५२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here