वडाद्धारा लुगा सिलाउने मेसिन वितरण

२५ असार २०७७, बिहीबार मा प्रकाशित

बिर्तामोड ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले ७ जना दलित समुदायका मानिसलाई लुगा सिलाउने मेसिन वितरण गरेको छ ।

बिहीबार वडा कार्यलयले वडा भित्र रहेका सिलाई कटाई जानेका दलित समुदायका मानिसलाई व्यवसायीकरण तर्फ अघि बढाउने उद्धेश्यले लुगा सिलाउने मेसिन बितरण गरेको हो ।

वडाले प्रति मेसिन १२ हजार पाँच सय रुपैँया गरी ८७ हजार पाँच सय रुपैंया बरावरको लुगा सिलाउने मेसिन बितरण गरेको हो । वडामा सीप सिकेका मानिसहरु रहेपनि उद्यमसँग जाड्न नसकिरहेका बेला मेसिन बितरण कार्यक्रमले टेवा पुग्ने वडा अध्यक्ष मनोज कार्कीले बताउनुभयो ।

लुगा सिलाउने मेसिन लिँदै बिर्खबहादुर महराले उत्साह व्यक्त गर्दै वडाले बितरण गरेको मेसिनले रोजगारीको सिर्जना गरेको र आफुहरुले समेत यसलाई उद्यम सँग जोड्ने बताउनुभयो । लुगा सिलाउने मेसिन बितरण कार्यक्रममा वडा सदस्य बद्रीनाथ खनाल, लक्ष्मी प्रसाद गुरागाई, नरमाया परीयार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here