मेचीनगर नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट १ अर्व २० करोड ६७ लाख

२५ असार २०७७, बिहीबार मा प्रकाशित

शाखा संयोजकसहित चारजना स्वास्थ्यकर्मी पुरस्कृत र सम्मानित

१४ करोड ७ लाख रुपैयाँ घाटा बजेट

लक्ष्मी उप्रेती,

मेचीनगर, २५ असार ÷ मेचीनगर नगरपालिकाले स्वास्थ्य शाखा संयोजक शशीकला राईसहित चारजना स्वास्थ्यकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

नगरपालिकाको १० असारदेखि शुरु छैठौ नगरसभाको बुधबार सम्पन्न दोस्रो बैठकमा शाखा संयोजक राईसहित ल्याव टेक्निसियन टीकराम ढकाल, ल्याव असिस्टेन्ट कमला राजबंशी र एम्बुलेन्स चालक जंगबहादुर खडकालाई नगदसहित सम्मान पत्रले पुरस्कृत तथा सम्मान गरेको हो ।

विश्वभर महामारीकारुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन तथा यसको रोकथाम र नियन्त्रणका लागि तथा नगरवासीलाई यसको जोखिमबाट बचाउन सधैभरि अग्रभागमा रहर जिम्मेवारी निर्वाह गरेको भन्दैं नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले सम्मानित तथा पुरस्कृत व्यक्तिहरुलाई पुरस्कार सम्मान पत्र प्रदान गरेका थिए ।

स्वास्थ्य शाखा मातहतका स्वास्थ्यकर्मीहरुले शुरुदेखि नै नगरका विभिन्न ठाउँमा रहेका सामुदायिक, होम, होटल तथा वडा स्तरीय क्वारेण्टिन तथा होल्डिङ सेन्टरमा रहेकाहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परक्षिण तथा र पोलिमिरेस चेन रियाक्सन (पीसीआर) विधिबाट कोरोना परीक्षणका लागि थ्रोड स्वावको नमूना संकलन गरी प्रदेशमा रहेका १ नम्बर प्रदेश प्रादेशिक प्रयोगशाला विराटनगर तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलगायतका प्रयोगशालामा पठाउने काममा उल्लेखनिय भूमिका खेलेका थिए ।

यो सँगै नगरपालिकाको १० असारदेखि शुरु छैठौ नगरसभा विधिवत रुपमा समाप्त भएको छ । बुधबार नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷०७८ को लागि १ अर्व २० करोड ६७ लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको छ । प्रस्तुत बजेटमा सामाजिक सुरक्षा अन्तर्गतको रकम उल्लेख गरिएको छैन् । प्रस्तुत बजेटमा सामाजिक सुरक्षा कार्यक्रमको ४० करोड रुपैयाँ समावेश नभएको नगरप्रमुख विमल आचार्यले जानकारी गरए । १४ करोड ७ लाख रुपैयाँ घाटा बजेट रहेको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले बताए ।

नगरसभाको निर्णयबाट कार्यक्रम स्वीकृत गरी खर्च हुन सक्ने बजेट ७४ करोड ७ लाख रुपैयाँ रहेको जनाइएको छ । यसैगरी आगामी आर्थिक वर्ष ०७७÷०७८ को क्षेत्रगत प्रस्तावित बजेट खर्च अनुमान प्रशासनिक खर्च १७ करोड ४७ लाख वित्तिय व्यवस्थापन खर्च १ करोड सामाजिक विकासका कार्यक्रमहरुमा १ करोड ४८ लाख, शिक्षा विकासका कार्यक्रमहरुमा १ करोड ३ लाख रुपैयाँ अनुमान गरिएको छ । यसैगरी सोहि वर्षका लागि कृषि विकासका कार्यक्रमहरुमा १ करोड ९ लाख, पशु सेवाका कार्यक्रमहरुमा ३५ लाख, वन तथा वाताबरणका कार्यक्रमहरुमा २५ लाख, विभिन्न कोषहरु शव वहान र एम्बुलेन्स खरिदका लागि २ करोड ५८ लाख, आर्थिक विकासका कार्यक्रमहरुमा १ करोड २० लाख स्वास्थ्य शाखा र कार्यक्रमहरुमा ३० लाख वित्तिय हस्तानतरण र सशर्त अनुदानका कार्यक्रमहरुमा ४६ करोड ६० लाख रुपैयाँलगायत व्ययतर्फका १२ वटा शीर्षकमा प्रस्तावित वजेट खर्च अनुमान गरिएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷०७८ कोे विभिन्न कोष कार्यक्रम र बजेटसम्म प्रस्तुत गरेको नगरपालिकाका प्रमुख विमल आचार्यले बताए । उनका अनुसार प्रकोप व्यवस्थापन कोष, कोभिड १९९ को कार्यक्रम, र्मत तथा समभार कोष, मेसिनरी औैजार सञ्चालन, नगर सरसफाई इन्धन, दमकल सञ्चालन खर्च, अव्यवस्थित बसोवास व्यवस्थापन कोष, भूमि बैंक साझेदारी, एमबुलेन्स तथा शव वहान खरीद गरी अनिवार्य खर्चतर्फ विभिन्न १० वटा व्याय शिर्षकमा २ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले चालु आर्थिक वर्ष २०७६÷२०७७ को बजेट नीति तथा कार्यक्रमको समिक्षा गदैं यो वर्षका लागि १ अर्व ४२ करोड ७२ लाख ६० हजारकोे आयव्यायसहितको नीति तथा कार्यक्रम स्वीकृृत भएकोमा संघीय र १ नम्बर प्रदशे सरकारबाट यहि वर्षमा विभिन्न समयमा विनियोजन भई आएको समपुरुक तथा विशेष अनुदान वापतको कार्यक्रम अनुसारको सशर्त अनुदानको रकम, संघीय संसदका सदस्यमार्फत स्थानीय पूर्वाधार विकास कार्यक्रमको लागि प्राप्त रकम, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम , १ नम्बर प्रदेश सरकारमार्फत प्राप्त निर्वाचन क्षेत्र विशेष कार्यक्रमको रकम र वित्तिय हस्तानतरण अन्तर्गत प्राप्त भएको रकम समेत बजेटमा समावेश गर्नुपर्ने निर्देशन अनुसार साविक बजेट तथा पाचौ नगरसभाबाट संशोधन भई कुल १ अर्व ८० करोड ८८ लाख ७२ हजार बराबरको कार्यक्रम र बजेट विनियोजनको व्यवस्था सार्वजनिक भएको बताईन् ।

नगरप्रमुख आचार्यले समापन समारोहको अध्यक्षता गदैं बजेट कार्यान्वयनका लागि सवै सदस्यहरुमा आग्रह गरेका थिए । आगामी साउन १ गतेदेखि वा आर्थिक वर्ष ०७७÷०७८ शूर भएदेखि नै बजेट कार्यान्वयन र नगरपालिकाको छैठौ नगरसभामा प्रस्तुत नीति र कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्यन गर्नु सवैको दायित्व भएको समेत प्रष्ट पारेका थिए । उपप्रमुख उप्रेती प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङले बजेटका बारेमा जानकारी गराएका थिए ।

नगरसभामा आर्थिक समितिका ंसंयोजक सुदय पनेरु, विधायन समितिकी संयोजक कुसुम चौधरी, सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजक विन्दा प्रसाई, पूर्वाधार विकास समितिका संयोजक कृष्ण कनाल, विपद् व्यवस्थापन तथा वन तथा वातावरण समितिका संयोजक टिकाराम मंग्राती, सामाजिक विकास समितिका संयोजक नविन बराल, न्यायिक समितिका सदस्य छोटबहादुर राई, राजश्व परामर्श समितिका सदस्य सचिव चक्रपाणि खनालले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here