‘कोरोनाको जोखिम अझै घटेको छैन सतर्क रहौँ’

२६ असार २०७७, शुक्रबार मा प्रकाशित

काठमाडौं,

सरकारले केही दिन यता कोरोना भाइरस (कोभिड १९) को संक्रमित घट्दै गएपनि जोखिम भने नघटेको बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफीङमा प्रवक्ता डा जागेश्वर गौतमले अझै पनि नेपालमा कोरोनाको जोखिम अझै रहेको बताए।

उनले केहिदिन यता कोरोना संक्रमित संख्या घटिरहेको छ र सार्वजनिक स्थलहरुमा भिडभाड बढेको सीमाहरूमा मानिसको आवात–जावत बढ्नुका साथै अन्य स्थानहरुमा पनि मानिसको चहलपहल बढेको भए पनि अझै कोरोनाको जोखिम नहटेको हुँदा सचेत रहन आग्रह गरे।

उनले भने ‘पछिल्लो समय क्वारेन्टाइन र आइसोलेसनमा रहेका बिरामीको संख्या घटेको छ जसले गर्दा मानिसमा संक्रमण घटेको अनुभव भएर होला चहलपहल बढेको छ तर,संक्रमणको जोखिम घटेको छैन यो त नियन्त्रणको लागि अवलम्बन गरेको उपायका कारण घटेको हो।’

सिमाना वारपार गर्नमा स–सना टेम्पु र गाडी चलेको भन्दै थप कोरोना जोखिम थपिन सक्ने भन्दै चिन्ता व्यक्त गरे। कोरोना नियन्त्रयणको उपायहरु अवलम्बन गर्न डा. गौतमले सबैलाई अनुरोध गरे।-थाहाखबरबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here