पर्यटकका लागि पदमार्ग

२६ असार २०७७, शुक्रबार मा प्रकाशित

रुकुमपूर्व ।

रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नं २ मा छिपखोला–प्वाङ–गुप्तदह–निगालटाला हुँदै पुप्ता दह, सिस्ने पुग्ने पदमार्ग निर्माण थालिएको छ । जिल्लाको उच्चस्थान सिस्ने–१ र २ मा पर्ने पर्यटकीयस्थल गुप्तदहतर्फको पदमार्गलाई स्तरोन्नति गरी पदमार्ग निर्माण गर्न लागिएको हो ।

वडा नं २ को प्वाङ भएर गुप्तदह हुँदै सिस्ने आवतजावत गर्न सहज बाटो नहुँदा अहिले समस्या परिरहेको छ । आवतजावतलाई सहज गराउनुका साथै पर्यटक भित्र्याउन पदमार्ग निर्माणको काम थालिएको हो । गुप्ता दह सिस्ने पुग्नका लागि प्रदेश ५ सरकारले क्रमागतरुपमा पदमार्गको योजना अगाडि सारेको छ । चालू वर्षमा प्रदेश सरकारको रु ३० लाख बजेटमा डिभिजन वन कार्यालय रुकुमपूर्वमार्फत पदमार्ग निर्माणको काम सञ्चालन भइरहेको वन कार्यालयले जनाएको छ ।

चालू वर्षमा सिस्ने– १ को चारसिङग्यदेखि गुप्तादहसम्मको ८८० मिटर बाटो खनिएको छ । यस्तै सिस्ने– २ को खारा–मूलपानी, चाखलिमेला–प्वाङ्गे बिसौना हुँदै गुप्तदहतर्फको भनभनेसम्म एक हजार ९६० मिटर पदमार्ग खनिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी सुजन राजभण्डारीले बताउनुभयो ।

छिपखोला–प्वाङगुप्तदह–निगालटाला हुँदै सिस्ने गाउँ खण्डको बाटोको कुनै ठाउँमा साह्रै अप्ठ्यारो रहेकाले पदमार्ग योजनामार्फत बाटोलाई स्तरोन्नति गर्न आवश्यक रहेको राजभण्डारीले बताउनुभएको छ । जिल्लाको उच्चस्थानमा रहेको गुप्तादहमा सिस्ने हिमालको छायाँ देखिने गर्दछ ।

उक्त ठाउँमा गुप्ता दह र सिस्ने हिमालको अवलोकन गर्न जाने मान्छे बढेको सिस्ने– २ का वडाध्यक्ष जीवन केसीले बताउनुभयो । सिस्ने– १ जाने र यार्सा मौसममा डोल्पा यार्सा टिप्न जाने रोल्पा, रुकुम, सल्यानलगायत जिल्लाका मानिस उक्त बाटो हँुदै आवतजावत गर्छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here