कोरियन नागरिकगरे नेपाली चेलीको गरे वलात्बार

0
304

हेटौंडा भदौ १२ । पछिल्लो समय सहरका मुख्य चौकदेखि गाउँ गाउँमा खोलिएका विभिन्न इन्स्टिच्युटमा कोरियान भाषा सिक्नेको लहर चलिरहेका वेला हेटंैडामा भने कोरियाली नागरिकले एक युवतीलाई वलात्कार गरेका छन् ।
कोरियन भाषा सिकाउने भन्दै हेटौडामा बस्दै आएका ५१ वर्षीय कोरियन नागरिक किमकियोगले नेपाली युवतीलाई बलात्कार गरेका छन् । उनले ती युवतीलाई कोरियन भाषा सिकाउने बहानामा बोलाए वलात्कार गरेको वताइएको छ । भाषा सिक्न जाँदा किमकियोगले युवतीलाई बलात्कार गरेपछि पढ्न जान नमानेपछि युवतीका परिवारका सदस्यहरुले सोधपुछ गर्दा घटनाको रहस्य वाहिर आएको थियो । परिवारले कोरियन नागरिकवाट उनी वलात्कृत भएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको र प्रहरीले वलत्कारमा संलग्न रहेको आरोपमा उनलाइलाई पक्राउ गरेको छ । प्रहरीले बलात्कार आरोपी किमकियोगको पासपोर्ट समेत बरामद गरेको छ । जिल्ला अदालतबाट उनलाई तीनदिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरी श्रोतका अनुसार युवती अस्वस्थ भएपछि अहिले उनको उपचार भइरहेको बताइएको छ ।
इपीएस प्रणाली अन्र्तगत केही समय अघि परीक्षाका लागि आवेदन खुल्ला भएपछि उनले फारम भरेको र कोरियन भाषा सिक्दै आएको पारिवारिक श्रोतले जनाएको छ ।