दमकबाट लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ

२६ असार २०७७, शुक्रबार मा प्रकाशित

झापा ।

झापाको दमक नगरपालिका–१ बाट लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहिवार राती ११ बजे ईलामको चुलाचुली गाउँपालिका-३ घर भई दमक नगरपालिका–१ मा बसोबास गर्ने २२ बर्षीय दिपेन लिम्बु र माङसेबुङ–३ घर भएका १६ बर्षीय रोहन राईलाई ४९.१ ग्राम लागूऔषध ब्राउन सुगर तथा ५२ हजार ६ सय ५ रुपैयाँ नगद सहित पक्राउ गरेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको बताइएको छ । उता इलामको चुलाचुली गाउँपालिका–४ बाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिहिवार साँझ ६ बजे स्थानीय २९ बर्षीय तारा लिम्बुलाई लागूऔषध तथा २ थान मोवाइल सहित घरैबाट पक्राउ गरेको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here