भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा

0
948

लमजुङ,

पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका ७ स्थित भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा रहेको छ । बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर जोखिममा परेको वडा सचिव तक्मा विकले बताउनुभयो ।

उहाँका अनुसार भोंजेगाउँका गमबहादुर कामीको घरको पिंँढी र आगन भत्किएको छ । त्यस्तै सोही घरसँग जोडिएको गोमा विकको आँगन भासिएको छ भने उहाँको तल रहेको डल्ले कामीको घर पुरिने सम्भावना रहेको वडा सचिव विकको भनाइ छ ।

यसै गरी कालो सार्कीको घरको पिंँढी नै भासिएको छ । उनीहरुलगायत गाउँका अन्य घर उच्च जोखिममा रहेकाले अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ ।

गाउँमा भोंजे पहिराले जोखिममा पार्दै आए पनि यस वर्ष भने गाउँको घरनिर नै पहिरो गएपछि थप चिन्तामा स्थानीयवासीा छन् । विसं २०४६ देखि जान थालेको भोंजे पहिरो हालसम्म पनि निरन्तर गइरहेको छ । उहाँका अनुसार उक्त पहिरोले भन्दा पनि अहिले गाउँको घरनेर नै पहिरो गएपछि समस्या आएको छ । तस्विर पनि उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here