भारतको बदनियत भित्र नेपाली राजनीति र चिनको भूमिका

२७ असार २०७७, शनिबार मा प्रकाशित

इश्वर अधिकारी

नेपालमा अहिले सत्ताधारी नेकपामा आन्तरिक द्वन्द्व, पार्टी फुटाउने हदसम्म चलिरहेको छ । शीर्ष नेताहरु आवश्यक भए पार्टी फुटाउने हदसम्म जान सक्ने अवस्थामा देखिएका छन् । उनीहरुको अडानले यही विश्लेषण गर्न थालिएको छ ।
एउटा समूहको नेतृत्व अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले र अर्को समुहको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् । दुबै शीर्ष नेताहरु आफूलाई पार्टी भित्र बलियो ठानिरहेका छन् । यही प्रकरणमा प्रचण्ड समूहले ओलीसँग अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामा मागिरहेको छ भने ओली समूहले दुबै पद नछोड्ने अडान लिएको छ ।

तर, पार्टीलाई एक बनाएरै अघि बढाउनुपर्छ भनेर पार्टी भित्रैका दोश्रो तहका नेताहरु लागिरहेका छन् । उनीहरुले ओलीले दुइमध्ये एउटा पद छोडेर भएपनि अहिलेको पार्टीको एकता बचाउनु पर्छ भन्ने छ ।
अर्कातिर ओलीले आफूलाई सत्ताबाट हटाउन भारत लागिरहेको भनेर स्वयम भनिरहेका छन् भने प्रचण्डले भने भारतले होइन मैले हटाउन खोजेको भनेर जवाफ दिएको अवस्थाले पार्टी भित्र विवाद चरम भएको हो । भारतको प्रयास नेकपालाई फुटाउने हो ।

दुई अध्यक्षवीच सहमति भएन भने पार्टी फुट्न पनि सक्छ । तर, नेपालको पहिलो शक्तिशाली कम्युनिष्ट सरकार बनाउने नेकपालाई फुटबाट बचाउनु पर्छ भनेर चिन सक्रिय भएको छ । पछिल्लो केही दिनदेखि नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि ओली, प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसँग गरेको भेटघाटले चिन नेकपालाई फुट्न नदिने प्रयासमा छ । पार्टी फुटाउने र मिलाउनेवीचको यस किसिमको चर्चाले केहीदिन यता नेपालमा राजनैतिक तरङ्ग चुलिएको छ ।

नेकपा भित्रको विवादले समग्र नेपाली राजनीतिमा उथल पुथल ल्याएको छ । अहिलेको राजनैतिक उथल पुथलको समयमा एउटा विषय चर्चामा छ । त्यो हो , नेपालका लागि भारत असल कि चिन ? नेपालका लागि कसैले भारत र कसैले चिन असल भन्छन् । कसैले दुबैलाई मित्र बनाएर हिंड्नु नै नेपालका लागि हितकर हुन्छ भनिरहेका छन् । सवैको आ–आफ्नो तर्क र विश्लेषण छ । जसबाट जसको स्वार्थ पुरा हुन्छ उसले त्यसैलाई असल ठान्छ । तर,वास्तवमा नेपालका लागि को चाहिँ असल मित्र हो ? यसैको चर्चा आजको यस आलेखमा गरिएको छ ।

तोडने असल कि जोडने असल यो बहस अहिले जता जतै चलिरहेको छ । हुनत भारत र चिन दुवै देशले आफु अनुकुल नेपाललाई प्रयोग गर्ने गर्छन् । गरिआएको इतिहास छ । तर यी सवै कुरालाई प्रमाणित गर्ने इतिहास नै हो । इतिहासका घटनाक्रमलाई हेर्ने हो भने धर्म, रहन सहन, वोलीचाली आदि सवैबाट भारतसंँग हाम्रो निकट सम्वन्ध छ । यही सम्वन्धको फाइदा हमेसा भारतले लिँदै आएको छ ।
संसारमा अनेकौं परिवर्तन भए जस्तै नेपालमा पनि परिवर्तन हुँदै आएको छ, । विभिन्न कालखण्डमा आफुलाई सही सावित गर्दै नेपालले आप्mनो सार्वभौमसत्ता जोगाइ राखेको छ ।

जव भारत स्वतन्त्र भयो तव भारत र चिन विच एक प्रकारको मौखिक सम्झौता भएको इतिहासकारहरु वताउँछन् । कतिपय कुराका आधार छन् । कतिपयका आधार पनि छैनन् । त्यसमा तिव्वत,सिक्किम, नेपाल आदि देशलाई आफ्नो अनुकुल पर्ने वा गाभ्ने रणनिति दुबै छिमेकी देशले लिएको पाइन्छ । त्यही सहमति अनुसार अनेक तिकडम लगाएर चिनले तिव्वत र भारतले सिक्किम लिएको प्रस्ट छ ।

यी सवै हुँदा हुँदै पनि नेपाल चाहिँ कसरी वच्यो त ? नेपाल वच्न सफल हुनुको कारण एउटै हो जव चिनले तिव्वतलाई आफ्नो अधिनमा पा¥यो, त्यसवेला धार्मिक नेता दलाई लामा तिव्वतबाट भागेर भारत पसे । भारतले उनलाई राजनैतिक शरण दियो ।
भारतले सरण दिएपछि भारत र चिन विचको सम्वन्ध विग्रियो । त्यतिवेलासम्म भारतले नेपाललाई आफ््नो अधिनमा लिन राजनैतिक दाउपेच सुरु गरी नेपालमा राजनैतिक आन्दोलन गराई तत्कालिन राजा त्रिभुवनलाई आफ्नो देशमा लगि भारतबाटै प्रजातन्त्रको घोषणा गराउने वातावरण बनाएको इतिहास छ ।

भारतले त्रिभुवनलाई दलाई लामा जस्तै आश्रय दिएर नेपाल कव्जा गर्ने बुझेपछि चिनको सहयोगमा राणाहरुले राजा विनाको राज्य भयो भनेर अधिराजकुमार ज्ञानेन्द्रलाई राजा घोषित गरी राज्याभिषेक पनि गरे । मुद्रा पनि निकाले । राणाहरुको यस कदमले भारतको योजनालाई विफल बनायो । नेपाल पराधिन हुनवाट जोगिएको हो । यो तर्क, छलफल र बहस त्यसवेला नेपालमा व्याप्त थियो । यसमा के कति सत्यता थियो यसै भन्न सकिन्न ।

तर, अंग्रेजको उपनिवेशबाट स्वतन्त्र भएपछि भारतका तत्कालिन गृहमन्त्री बल्लभभाइ पटेलले नेपाल कव्जा गर्ने प्रस्ताव संसदमा राखेका थिए । तर, नेहरुले अहिले उपयुक्त समय होइन भनेर टारेका थिए । अर्थात भारतीयहरु नेपाललाई उपयुक्त समयमा कव्जा गर्नुपर्छ भन्ने इच्छा पालेर बसेका थिए ।

सोही समयदेखि आजसम्म पनि भारतले कहिल्यै पनि नेपाललाई स्वतन्त्र देशको रुपमा हेरेको छैन । कहिले छोटे भाई त कहिले भारतकै एउटा प्रान्त जस्तै त हो नेपाल भनेर आफ्नो कुत्सित विचार देखाउने गरेको छ ।
बाहिरी वोलीमा राम्रो वन्ने कोशिस गर्दैै नेपाल र नेपालीलाई दुःख मात्र दिइरहेको छ । भुकम्पको वेला सहयोग गरेजस्तै गरेर नाकावन्दी लगाउने । संसदमा वोलेर रोटी वेटीको सम्वन्ध भन्दै निर्यातमा वाधा पु¥याउने, अहिले पश्चिमको महाकाली सीमा क्षेत्रको नेपाली भुभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा राखी कव्जा जमाउने जस्ता कार्य भारतवाट निरन्तर हँदै आएका छन् । जब कि यस्तो क्रियाकलाप चिनबाट भएको छैन । यसबाट नेपाल र नेपालीको हितमा कसले सोच्छ कसले सोच्दैन भन्ने कुरा स्पष्ट हुन्छ । तोड्ने ठीक कि जोडने ठीक । यो बहसका लागि तयार भएको आलेख हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here