पूर्वतिर सर्दै मनसुन, मौसम विभागले दियो चेतावनी

0
1494

झापा ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अब देशको पूर्वी क्षेत्रको विपद्को उच्च जोखिममा छ।

आज (शनिबार) देखि देशको पूर्वी भागमा भारी वर्षा भइरहेको छ। नेपालमा केही दिनयता सक्रिय मनसुन पूर्वतिर सरिरहेको छ। नेपालमा मनसुन पश्चिमबाट भित्रिएको थियो।

सुदूरपश्चिम, कर्णाली, प्रदेश ५ र गण्डकी प्रदेशमा शुक्रबारसम्म भारी वर्षा भएको छ। हिजो सबैभन्दा धेरै गण्डकी प्रदेशमा वर्षा भयो। अब आजदेखि प्रदेश २ र १ तर्फ सक्रिय भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

उनका अनुसार न्यूनचापीय रेखा नेपालतिर भएकाले मनसुन दुई/तीन दिनयता नेपालमा सक्रिय भएको छ। ‘अब मध्य र पूर्वी भागमा आज र भोलि भारी वर्षा हुन्छ। पश्चिमतिर हल्का हुँदै जान्छ,’ मौसमविद् अर्यालले भने, ‘सिस्टम अनुसार अबको ४ दिन जोखिम छ।’

वर्षाका कारण मध्य पहाडी भूभागमा पहिरो तथा तराईमा बाढी र डुबानको उच्च जोखिम रहेको भन्दै उनले सतर्कता अपनाउन आह्वान गरे।

‘मध्य पहाडी भूभागमा पहिरो, तराईमा जलस्तर बढ्ने, बाढी पहिरोले बाटो अवरोध हुनसक्छ,’ उनले भने, ‘जुनदेखि नै प्रसस्त पानी परेकाले जमिन गलिसकेको छ। धेरै ठाउँमा पहिरोको जोखिम एकदमै छ।’

मौसमविद् अर्यालले पश्चिमबाट मौसम सुधारिएर आउने र ४/५ दिनमा क्रमिक सुधार हुने उनको भनाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here