वीरता लेडी जेसीजको महिला हिंसाविरुद्धको सचेतना

0
1549

तुलसीप्रसाद निरौला / बिर्तामोड ।

वीरता लेडी जेसीजको आयोजनामा महिला हिंसाविरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । लकडाउनको समयमा महिला हिंसा वढीरहेको भन्दै त्यसलाई न्युनीकरण गर्ने उद्धेश्यले प्रदेश नंं. १ सरकारको सहयोगमा महिला हिंसाविरुद्धको सचेतना कार्यक्रम गरिएको हो ।

वीरता लेडी जेसीजकी अध्यक्ष सुस्मा पौडेलको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा कार्यकारीणी उपाध्यक्ष कामना उप्रेतीले स्वागत र कार्यक्रम संयोजक तथा उपाध्यक्ष झुमा चुडालले आस्था वाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले महिला शिक्षित भए पनि सक्षम नहुनुका कारण महिला हिंसा घट्न नसकेको बताउँदै त्यसलाई न्यूनिकरण गर्न महिलालाई आत्मनिर्भर बनाउनुपर्ने बताए ।
कार्यक्रममा विर्तामोड –४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला ,सुन्दर सामुदायिक प्रहरी केन्द्रका उपाध्यक्ष सञ्जीव चापागाईं , वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेल , वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल लगायतले बढ्दो सहरीकरण, प्रविधिको प्रयोग तथा बढ्दो विकृतिका कारण महिला हिंसाका घटना मौलाउँदै आइरहेको बताउँदै महिला हिंसाविरूद्ध बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको व्यवहारिक कार्यान्वयन हुन सके मात्र महिलामाथि हुने हिंसा कम गर्न सकिने बताएका थिए ।

कार्यक्रममा वीरता जेसीजका पूर्वअध्यक्ष राजकुमार पोखरेल , चेम्वर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली , सुन्दर टोल विकास संस्थाका अध्यक्ष हरि दियाली , वीरता लेडी जेसीजकी पूर्वअध्यक्षहरु देवी भण्डारी , राधा सुव्वा ,उर्मिला खरेल ,पार्वता खरेल विमली , रजनी वजगाईं, नम्रता रिजाल ढकाल , नैनकला भट्टराईलगायतको आतिथ्य रहेको थियो ।

वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष सरु भूर्तेल खनालले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष तथा एवीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला र समुन्नत नेपालकी अध्यक्ष तथा महिला अधिकारकर्मी ,अधिवक्ता कोपिला वस्नेतले प्रशिक्षण प्रदान गरेका थिए ।

उनीहरुले महिला हिंसाका प्रकार , कारण , महिला हिंसाविरुद्धको कानून , महिलाको हक अधिकार लगायतका वारेका प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव संगीता गिरीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here