कार्यालय प्रमुख माथि दुरव्यवहार

0
645

 

भद्रपुर, भदौ १५ । कर्मचारी संघसंगठनको आडमा रहेर एक जना कर्मचारीले आफनै कार्यालयका कार्यालय प्रमुख माथि दुरव्यवहार गरेका छ ।
नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रका प्रमुृख कुशेश्वर प्रसाद साहुलाई सोही केन्द्रका प्राविधिक कर्मचारी राजेन्द्र ठाकुरले दुरव्यवहार गरेको कर्मचारी स्रोतले जनाएको छ । केन्द्र प्रमुख साहुले कर्मचारीको अभावले ग्राहकहरुको सेवासुविधालाई मध्यजनर गर्दै प्राविधिक कर्मचारी ठाकुरलाई केही दिनका लागि मिटर रिडीङ्गको काम गर्न अराएपछि उनले सोही विषयलाई लिएर दुरव्यवहार गरेको स्रोतले जनाएको छ । ठाकुरले शुक्रवार कार्यालय समयमा कार्यालय प्रमुखकै कार्यकक्षमा गएर केन्द्र प्रमुख साहु माथि दरव्यवहार गर्नुका साथै हातपात गर्न खोजपछि अन्य कर्मचारीले रोकेर घटनालाई सामान्य बनाएको स्रोतको भनाइ छ । यसै बिषयमा केन्द्र प्रमुख साहुसंग जिज्ञासा राख्दा उनले कर्मचारीको अभावले केही दिनका लागि ठाकुरलाई मिटर रिडिङ्गको काम लागी कार्य विभाजन गरेकोमा आक्रोसित बनेका ठाकुरले दरव्यवहार गरेको स्र्वाकार गरेका छन । उनले थप्दै भने यहाँका ग्राहकवर्ग तथा कर्मचारीहरुका लागि तीन बर्षको अवधिमा मैले धेरै कामहरु गरेपनि यसरी कर्मचारीहरु अहिले आफू माथिनै जाइलाग्न थालेकोमा आपत्ति जनाउदै अव काम अराउन समेत कठिनाई उत्पन्न हुनेमा दुखोसो पोखे । अहिले पछिल्लो समयमा झापा लगायत देशभरका सरकारी कर्मचारीहरु विभिन्न पार्टीका भातृ संघसंगठनमा आवद्ध भएपछि यस्ता घटनाहरुले प्रसय पाउन थालेको छ ।