शनिबार संक्रमितको संख्या जेठ १४ यताकै कम, ४३१ ले जिते कोरोना

0
425

काठमाडौं,

काठमाडौंमा ३ जनामा कोरोना भाइरस (कोभिड-९) पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो।

यस्तै, पछिल्लो एक महिनासम्म दैनिक १०० जनाभन्दा धेरैमा कोरोना पोजेटिभ देखिएकोमा आज शनिबार भने दैनिक कोरोना पोजेटिभ देखिनेको संख्या दुई अंक (७०) मा झरेको छ।

जेठ १४ यता नेपालमा एकदिनमा कोरोना संक्रमितको संख्या १ सयभन्दा कम पाइएको यो पहिलो हो। शनिबारसम्म कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ।

विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार २ सय ३९ जना संक्रमित उपचाररत रहेका छन्। शनिबार ४ सय ३१ गरी आजसम्म ८ हजार ४ सय ४२ जना डिस्चार्ज भएका छन्।

सरकार पछिल्लो केही दिनयता कोरोनाको पिसिआर परीक्षण घटाउँदै लगेको छ। हरेक दिन साढे ४ हजारको औसतमा परीक्षण गरिरहेको सरकारले शनिबार ३ हजार ६ सय ४८ जनाको मात्रै पिसिआर विधिबाट कोरोना परीक्षण गरेको छ ।

आजसम्म पीसीआर विधिबाट २ लाख ७९ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ। अहिले देशभरीका क्वारेन्टिनमा २४ हजार ९७ जना रहेका छन्।-थाहाखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here