अवैध मिर्गौला प्रत्यारोपणको आरोपमा चार चिकित्सक पक्राउ

0
1155

चितवन ।

चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरबाट चार चिकित्सक पक्राउ परेका छन् ।

अवैध रुपमा मिर्गौला प्रत्यारोपण गराएको आरोपमा प्रहरीले चार चिकित्सक र जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अस्पतालको मिर्गौला रोग विभागका प्रमुख प्रा. डा. राकेश बर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ छन् । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन् । कलेजमा एक वर्षअगाडि ललितपुरका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

भान्जा नाता प्रमाणित गरेर ल्याइएका एक युवकले उनलाई मिर्गौला दिएका थिए । त्यसको अनुसन्धानका क्रममा प्रहरीको अपराध अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो ।-अनलाइनखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here