पूर्वमा बाढीले बगाउँदा तीनको मृत्यु, एक बेपता

0
1003

झापा ।

निरन्तरको वर्षाका कारण प्रदेश–१ का विभिन्न जिल्लामा बाढीले बगाँउ तीन जानको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।

बाढीले बगाउँदा उदयपुरमा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–९ गैरुन बस्ने बर्ष ६० का मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले जनाएको छ ।

उनी देउरीबाट आफ्नो घर गैरुन फर्कदै थिए । उनको शव १ किलोमिटर तल फेला परेको बताइएको छ । यता विरिङ खोलामा आएको बाढीले बगाउँदा झापामा एक जनाको मृत्यु भएको छ भने मेची नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

झापा गाउँपालिका– ५ का ३५ वर्षीय राजेश गणेशलाई विरिङ खोलाले बगाएर मृत्यु भएको हो । त्यस्तै मेची नदीले बगाएर भद्रपुर– ३ नाउँगाउँका ३३ वर्षीय हिरण राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

उता सुनसरीको धरान उपमहानगरपालिकामा पर्ने सर्दुखोला तर्ने क्रममा धरान १३ बस्ने अन्दाजी ६० वर्षका रामबहादुर बस्नेतको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान बस्नेतको शव धरान ११ मंगलवारे नजिकैको खोलामा फेला परेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here