दमक उद्योग बाणिज्य संघमा पुनः ढकाल

0
546

 
दमक,भदौ १५ । खर्चिलो र भड्किलो रुपमा कडा प्रतिस्पर्धाबीच भएको दमक उद्योग बाणिज्य संघको निर्वाचनमा तेश्रो पटक प्रकाश प्रशाई बिजयी भएका छन् । नेपाली काँग्रेस समर्थित प्यानलबाट प्रशाईले एमाले समर्थित राजेन्द्र ढकाललाई पराजित गर्दै बिजयी भएका छुन् ।
शुक्रबार भएको निर्वाचनको परिणाम शनिबार बिहान १० बजे सार्वजानिक गर्दै निर्वाचन समितिले जनाए अनुसार अध्यक्षमा प्रशाईले ८६० मत ल्याएका छन भने उनका निकटतम् प्रतिद्वन्दि ढकालले ७३६ मत ल्याए । एकीकृत माओबादी सहितको साना दलीय मोर्चाका अध्यक्ष बिक्रमकुमार शाहले २०६ मत प्राप्त गरे ।
यसैगरी अन्य पदाधिकारी तथा सदस्यहरुमा जीत हासिल गर्नेमा काँग्रेस र एमाले समर्थित ब्यवसायी बराबर रहेका छन् । प्रथम उपाध्यक्षमा गोकुल श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देबी गुरागाँई र तृतीय उपाध्यक्षमा बबरजंग थापा बिजयी भएका छन् । श्रेष्ठ र थापा काँग्रेस समर्थित हुन भने गुरागाई एमाले समर्थित हुन ।
यसैगरी महिला सदस्यहरुमा यशोदा भट्टराई र सरस्वती सुब्बा बिजयी भएका छन् ।
सदस्यहरुमा बिमल खतिवडा, महेन्द्र खड्का, सुरेन देवान, पशुपति बराल, दिनेश अग्रवाल, ताराप्रसाद अधिकारी र घनश्याम खनाल बिजयी वनेका छन् । राती १२ बजेदेखि मत गणना शुरु भएको थियो । २ हजार ७८ मतसंख्या रहेकोमा अठारसय भन्दा बढी मत खसेको थियो ।
संघको विधानअनुसार १ अध्यक्ष, प्रथम, द्धितीय र तृतीय गरी तीन उपाध्यक्ष, सात सदस्य र २ महिला सदस्य गरी १३ जना निर्वाचित भएकाहुन् । प्रशाई, ढकाल र शाहको तीनवटा प्यानलले सबै पदमा आ आफ्नै उमेद्वारी दिएका थिए ।