सप्तकोशीमा पानीको बहाव घट्यो

0
541

सुनसरी ।

सप्तकोशी नदीमा पानीको बहाव आज बिहान घटेको छ । विहान ७ बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव प्रतिसेकेण्ड एकलाख ९९ हजारमा झरेको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जानकारी दिए ।

उनका अनुसार सप्तकोशीका ५६ मध्ये ३३ ढोका खोलिएका छन् । लगातार परेको अविरल वर्षाका कारण शुक्रवार पानीको बहाव प्रतिसेकेण्ड २ लाख ४० हजार ५ सय ६५ हजार ५५ क्यूसेक पुगेको थियो ।

सप्तकोशीमा प्रतिसकेण्ड पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । पानीको बहाव बढेपछि खतरा हुन सक्ने भन्दै कोशी आसपासका बासिन्दालाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here