बाँध फुट्दा बाढीको भंगालो शिवगञ्ज पस्यो

0
1593

शिवगञ्ज ।

झापामा कनकाई र सतासी खोलाको बाढीले शिवगञ्ज बजार डुवानमा परेको छ । शिवगञ्जको पुरानो बजारमा कनकाईको बाढी पसेको हो । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार आपत्कालिन स्थितीमा १५ घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

इलाका प्रहरी कार्यालय शिवगञ्जको पूर्वतर्फको बस्तीमा बाढी पसेपछि कतिपय स्थानीयले बालबच्चा च्यापेर राती ३ बजे घर छाडेर भागेका थिए । उनीहरुलाई स्थानीय प्रहरी र वडा अध्यक्ष खुलालले इलाका प्रहरी कार्यालयमा राखेका छन् ।

जनताको तटबन्धले निर्माण गरेको बाँध बगाएपछि बाढी गाँउ पसेको हो । मैनाचुलीमा गरिएको बाढीको मापन अनुसार बाढीले खतराको संकेत पार गरेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । कनकाईमा आईतबार बिहान पानी ३ः४७ मिटर उचाइमा बाढी आएको थियो । यो खतराको तह नजिक हो ।

खतराको सिमा भनेको ४ः३ हो । रेडक्रसका झापा सभापति लोकराज ढकालले नदीको तटीय क्षेत्रमा नजान सर्वसाधरणलाई अनुरोध गरेका छन् ।


बाढीले जिल्लाका मावा, रतुवा, कनकाई, बिरिङ, निन्दा, मेची लगायत साना–ठूला खोलामा पनि पानीको सतह बढेको छ । जिल्लाको उत्तरी क्षेत्र भन्दा पनि दक्षिण क्षेत्र जोखिमा रहेको प्रहरीले बताएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here