सप्तकोशी नदीले बगाएर बालक बेपत्ता

0
519

सुनसरी ।

सप्तकोशी नदीमा दाउरा निकाल्न गएका १४ वर्षीय बालक बेपत्ता भएका छन् ।

आइतबार बिहान सप्तकोशी नदीले बगाएर ल्याएका दाउरा संकलन गर्ने क्रममा सुनसरीको बराहक्षेत्र ७ घर भएका बालक अनिल बस्नेतलाई सप्तकोशी नदीले बगाएको प्रहरीले जनाएको छ ।

गाउँले सहित खोलामा दाउरा निकाल्न गएका उनी अहिले सम्म नभेटिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीले जानकारी दिए। उनको खोजी भईरहेको प्रहरीले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here