भारतले अतिक्रमण गरेको भूमिको पूर्वमन्त्री विश्वकर्माद्वारा निरीक्षण

२८ असार २०७७, आईतवार मा प्रकाशित

कञ्चनपुर,

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री लालबहादुर विश्वकर्माले भारतीय अतिक्रमणमा परेको नेपाली भूमिको शनिबार स्थलगत निरीक्षण गर्नुभएको छ ।

पूर्वमन्त्री विश्वकर्माले नेकपाका नेता कार्यकर्ताका साथ बेलौरी नगरपालिकाको पचुई र बेलडाँडी गाउँपालिकाको झिलमिला क्षेत्रको निरीक्षण गर्नुभएको हो ।

भारतीय नागरिकले ती दुवै क्षेत्र अतिक्रमण गरी स्थानीयलाई खेतीपाती लगाउन दिएका छैनन् । नेपालीको जमीनमा तारबार गरी कब्जा गरेका छन् ।

स्थानीयवासीको जमीन कब्जा गरसँगै उनीहरूले हुलाकी राजमार्ग निर्माणमा समेत अवरोध पु¥याएका छन् । स्थानीयवासीले निरीक्षणका क्रममा पूर्वमन्त्री विश्वकर्मासहितको टोलीलाई आफ्नो पीडा सुनाएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here