बाढी पहिरोको जोखिम आज पनि उत्तिकै, सतर्क रहन महाशाखाको अपिल

0
1192

काठमाडौं,

केही दिनयता जस्तै आज आइतबार पनि उस्तै झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोशी, कमला, नारायणी, बागमती, कन्काई नदी र यी नदीका सहायक नदीमा बाढीको सतह सतर्कता आसपास पुग्ने महाशाखाले जनाएको छ। बाढी पहिरोको जोखिम रहेकाले ती नदीका तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज प्रदेश १, २ र ५ का चुरे र तराई भएर बहने साना तथा ठूला नदीमा आकस्मिक रुपमा बाढी आउने खतरा रहेको पनि बताइएको छ। त्यस्तै आज तराईको होचा ठाउँहरुमा डुबानको सम्भावना रहेकोले सतर्कता अपनाउन पनि भनिएको छ।

पछिल्लो २४ घण्टामा कन्काइ लगायत प्रदेश १ र २ भएर बहने नदीहरूले सतर्कता तह पार गरी केही खतराको तह आसपासमा पुगेकाले सतर्कता अपनाउन भनिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here