प्राकृतिक विपद्ले मर्माहत तुल्यायो– पूर्वराजा शाह

0
1086

झापा ।

कोरोनाको संत्रास कायमै रहेका बेला प्राकृतिक विपद्ले मर्माहत तुल्याएको पूर्वराजा ज्ञानेन्द्र शाह बताएका छन् ।

उनले प्रकृतिक प्रकोपबाट हुने क्षति रोक्न सरकार असफल भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल टुईटरमा उनले लेखेका छन्– देशमा कोरोनाको संत्रास कायमै रहेका बेला प्राकृतिक विपद्ले पनि हामीलाई मर्माहत तुल्याएको छ । भारी वर्षात्‌को कारण बाढी पहिरोले हरेक वर्ष देशमा धनजनको क्षति हुने गरेको छ । जसका न्यूनिकरणका लागि सरकारको पलह एकदम न्यून देखिन्छ । समय पहिले नै यस विषयमा बिचार गरिनुपर्दछ न कि क्षति पश्चात ।

पूर्वराजा शाहले क्षति न्यूनिकरणका लागि सरकारीको तयारी नभएको भन्दै क्षति पश्चात उद्धार गर्नुको कुनै अर्थ नहुने बताएका छन् । अबिरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति हुने क्रम बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here