अर्जुनधारा पूर्ण खोप सुनिश्चितता नगर घोषणा

0
847

अर्जुनधारा ।

“स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित झापाको अर्जुनधारा नगरपालिकालाई आइतबार एक कार्यक्रमकोबीच पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ ।

अर्जुनधारा–८ स्थित सामुदायिक भवनमा नगर खोप समन्वय समितिका अध्यक्ष एवम् प्रमुख हरिकुमार रानाको अध्यक्षता र जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौड्यालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख रानाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका थिए ।

त्यसैगरी कार्यक्रममा नगरलाई पूर्ण खोप सुनिश्चितता गराउन सहयोग पु¥याउने अर्जुनधारा–९ स्थित शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्र, अर्जुनधारा–४स्थित अर्जुनधारा स्वास्थ्य चौकी र अर्जुनधारा–३स्थित खुदुनावारी स्वास्थ्य चौकीलाई प्रशंसा पत्रसहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पौड्याल, उपप्रमुख कमला खतिवडा आचार्य, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, वडाध्यक्ष लोकनाथ गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रका सीनीयर अहेव डम्बरबल्लभ मिश्रले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य शाखा संयोजक मुकुन्द बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here