वीरता लेडीज जेसीजको तीज मिलन

0
701

विर्तामोड,भदौ १५ । वीरता लेडी जेसीज विर्तामोडले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा सेवी गंगा जोशीको प्रमुख आतिथ्यता एवं वीरता लेडी जेसीजकी अध्यक्ष उमा श्रेष्ठको सभापतितवमा कार्यक्रम सम्पन्न भएको हो । विर्तामोड स्थित सेन्टरपोइन्ट पार्टी प्यालेसमा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक अम्विका शिवाकोटीले गरेकी थिइन् । आस्थावाचन सञ्जु प्रसाईले गरेको कार्यक्रममा औचित्यमाथि उर्मिला खरेलले प्रकाश पारेकी थिइन् । नीशा संग्रौला,इरिस पोखरेल र डेनियल थापालाई उत्कृष्ठ छात्रा सम्मानसमेत गरिएको कार्यक्रममा गीत नृत्य, हण्डीफोर, लगायतका मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरियो । त्यस्तै महिला मुक्ति अभियानलाई पनि सम्मान गरिएको थियो् । कार्यक्रममा पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक मदन ढकाल,मञ्जु पोखरेल,राधा शुव्वा, मीरा श्रेष्ठ, जगत राणा लगायतले वोलेका थिए ।