विरामीलाई फलफूल वितरण

0
429

 

भद्रपुर, भदौ १६ । भद्रपुर जेसीजले आज एक कार्यक्रमकाबीच फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवारदेखि सुरु भएको ‘जेसीज सप्ताह २०१३’ अन्तरगत भद्रपुर जेसीजले मेची अञ्चल अस्पताल भद्रपुरका विरामीहरुलाई फलफूल बितरण गरेको हो । भद्रपुर जेसीजका अध्यक्ष रमेश पोखरेलको सभापतित्व तथा भद्रपुर नगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुवाश श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर जेसीजका पूर्व अध्यक्षहरु जय तिम्सिना, हरि घिमिरे, किरणकुमार शर्मा, मानार्थ सदस्य ओमप्रकाश सरावगी, पत्रकार गोपाल गिरी, मेची अञ्चल अस्पताल भद्रपुरका डा. रामबाबु खडका लगायतले शुभकामना मन्तव्य राखेका थिए । जेसीजका आस्था बाचन भूमिका पाठक र स्वागत मन्तव्य दीपा कट्टेल (पुरी) ले राखेको भएको कार्यक्रमको सञ्चालन अभिषेक ढुङ्गानाले गरेका थिए ।