क्वारेन्टिनमा मानबअधिकार संगठनको अनुगमन

0
776

मिलन अधिकारी / झापा ।

झापाको गौरादको क्वारेन्टिनको अबस्थाको बारेमा पूर्वाञ्चल डेलिडटकममा समाचार प्रकाशन भएसंगै नेपाल मानव अधिकार संगठन झापा ले चासो देखाएको छ ।

संगठनले क्वारेन्टिनको स्थलगत अवलोकनमा गर्दै त्यहाँको अबस्था र क्वारेन्टाइन प्रयोगकर्ताका समस्या तथा गुनासाहरु सुधारकालागी सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ । गौरादहका क्वारेन्टिनहरुमा ब्याबस्थापनमा केही कमजोरी रहेको देखिएको भएपनि अवस्था चिन्ताजनक नभएको मानव अधिकार संगठनका झापा जिल्ला अध्यक्ष डिल्ली भट्टराईले बताए ।

पूर्वाञ्चल समाचार प्रभाब

भट्टराईले भने –हामी सबैजसो क्वारेन्टिनमा पुग्यौं, त्यहाँ बस्नेहरुका गुनासाहरु पनि सुन्यौं , शौचालय , पंखा, झुल लगायतको समस्या रहेको पायौं । संगठनले अनुगमनको क्रममा देखिएका समस्याहरुको बारेमा जिम्मेवार निकायलाई जानकारी दिँदै त्यसलाई सुधार गर्न समेत निर्देशन दिईएको भट्टराईले बताए ।

गौरादहका क्वारेन्टिनमा भारत, खाडि लगायतका देशहरुबाट आएकाहरु बस्ने गरेका छन । उनीहरुमध्ये भारतबाट आएकाहरुमा संक्रमण बढी देखिने गरेको छ । एकैठाँउमा राख्ने गरेकोमा अब भारत र खाडी लगायत अन्य मुलुकबाट आएकाहरु लाई एकै ठाउँमा राख्न नहुने सुझाव समेत दिइएको संगठनले जनाइएको छ ।

यता गौरादह नगरपालिका बिपद् व्यवस्थापनका अध्यक्ष,वडा नम्बर २ का अध्यक्ष हेमन्त कार्किले गौरादहका क्वारेन्टिनमा मानबअधिकार संगठनले चासो राखेर अनुगमन गरेको बताएका छन ।

उता गौरीगंज गाउँपालिकामा रहेको क्वारेन्टनको समेत अनुगमन गरेको बताएको छ । त्यस्तै झापाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनको अवलोकन गर्ने समेत जानकारी दिएको छ । झापामा अविरल बर्षाका कारण स्थगन गर्नु परेको अवलोकन भ्रमणको कार्यक्रम आगामी साता कचनकवल गाउँ पालिका बाट पुनः सुचारू गरिने मानव अधिकारकर्मी गंगा कार्कीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here