मणिपुरबाट २१ महिलाको उद्धार

0
1490

झापा।

शिक्षित महिला नै मनव तस्करको फन्दामा पर्ने गरेको पाइएको छ । विभिन्न प्रलोभन देखाएर भारतको मणिपुर पु¥याएका २१ जना नेपाली महिलाको उद्धार गरेसंगै यस्तो खुलासा भएको हो ।

भारतको मणिपुरमा अलपत्र परेका महिलालाई उद्धार गरेर मंगलबार बिहान कांकरभिट्टा ल्याइएको छ । वैदेशिक रोजगारीका लागि गएका उनीहरु लामो समय देखि अलपत्र परेका २१ जना महिला तथा किशोरीहरुलाई नेपाल ल्याइएको माइती नेपालका प्रदेश–१ का संयोजक गोविन्द घिमिरेले जानकारी दिए ।

लकडाउन भन्दा अघिनै स्थलमार्गबाट उनीहरुलाई त्यहाँ पु¥याइएको बताइएको छ । दलालले उनीहरुलाई बिभिन्न देशमा राम्रो कामसंगै राम्रो तलवको लोभ देखाएर त्यहाँ पु¥याएका थिए । उनीहरुको उद्धारमा नेपाल सरारका उप—सचिव गोमा ढकाल, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डों, भारत स्थित नेपाली दूतावास,भारतमा रहेको उज्यालो होम र माइती नेपालको समन्वयमा उद्धार गरिएको माइती नेपाल १ नम्बर प्रदेश प्रमुख घिमिरेले बताए ।

उद्धार गरेका उनीहरु देशका बिभिन्न स्थानका रहेका छन् । उनीहरुलाई माइती नेपालको स्नेह गृह सतिघट्टामा राखिएको छ । घिमिरेका अनुसार उनीहरु मध्ये १२ जनालाई बुधबार काठमाण्डौं लगिने र अन्यलाई कांकरभिट्टाबाटै अभिभवकको जिम्मा लगाउने तयारी भइरहेको घिमिरेले बताए ।

मणिपुरबाट बर्मा लगिने र उनीहरुलाई विभिन्न देशमा बेचबिखनमा लागि पु¥याइने गरेको बताइएको छ । पछिल्लो समय शिक्षित महिलाहरु नै बेचबिखनमा पर्ने र यसको मुख्य समस्या भनेकै बेरोजगारी भएको घिमिरेले बताए । २१ जना मध्ये झापाका दुई जना महिला रहेका छन् । मोरङ,पर्साा, पर्वत, काभ्रे, कैलाली सिन्धुपाल्चोक लगायतका जिल्लाका महिला तथा किशोरीहरु रहेका छन् । २५–४० वर्ष उमेर समुहका महिलाहरु रहेको बताइएको छ ।

दलालहरुले पछिल्लो समय मणिपुरलाई ट्रान्जिटपोन्टको रुपमा प्रयोग गर्ने गरेको पाइएको बताइएको छ । मणिपुरबाट बर्मा पु¥याउने र त्यहाँबाट खाडी मुलुक पु¥याउन तस्करलाई सहज हुने भएकाले तस्करले उक्त रुट प्रयोग गरेको पाइएको घिमिरेको भनाई छ । यस अघि पनि मणिपुरबाट एकसय ७९ र २३ जना नेपाली महिला तथा किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here