बाल विकास शिक्षक र कर्मचारीले नै लगाए गाउँपालिकामा ताला

३१ असार २०७७, बुधबार मा प्रकाशित

बिर्तामोड।

बाह्रदशी गाउँपालिकामा कार्यरत वाल विकास शिक्षक र कर्मचारीहरुले राज्यले तोकेको न्यूनतम पारिश्रमिक समेत नपाएको भन्दै आज गाउँपालिकाको कार्यालयमा तालवन्दी गरेका छन् ।

नेपाल शिक्षक महासंघ बाह्रदशीको नेतृत्वमा वाह्रदशी गाउापालिकाको कार्यालयमा पुगेको टोलीले गाउँपालिकाको मूल गेटमा तालावन्दी गरेको हो । वाह्रदशी गाउँपालिकामा ३८ जना वाल विकासका शिक्षक र २० जना विद्यालय कर्मचारी छन् ।

आफूहरुलाई राज्यले तोकेको न्यूनतम सुविधा समेत गाउँपालिकाले उपलब्ध नगराएको भन्दै गाउँपालिकामा तालावन्दी गरेको नेपाल शिक्षक महासंघ वाह्रदशीका अध्यक्ष कमल चम्लगाईले जानकारी दिनुभयो ।

राज्यले तोकेको न्यूनत पारिश्रमिक कायम गरिनु पर्ने, मानवअधिकारको सुरक्षा गरिनु पर्ने, स्थानीय सरकारको प्रत्याभूति दिलाउनु पर्ने लगायतका काम सहितमा प्ले कार्ड वोधेर कार्यालयको मूल गेटमा धर्ना बसेका थिए ।

यसैबीच गाउँपालिकाले वाल विकास शिक्षक र कर्मचारीको माग सम्वोधनका लागि दश सदश्यीय वार्ता समिति गठन गरेको छ । साउन २ गते वार्ता बस्ने गरी समिति गठन भएपछि कार्यालयमा लगाएको ताला दुई घण्टा पछि खुलेको हो ।

समितिमा शिक्षक महासंघ वाह्रदशीका अध्यक्ष कमल चम्लगाई सहित वाह्रदशी गाउँपालिका २ का वडा अध्यक्ष यादव मिश्र, ३ का वीरेन्द्र प्रसाद राजवंशी, ५ का भूपेन्द्र कटुवाल र ६ का वडाअध्यक्ष रत्नप्रकाश योङ्हाङ्ग लगायत रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here