रतुवा खोलाले बगाएर बेपत्ता भएका व्यक्ति मृत फेला

0
885

मोरङ ।

मोरङको रतुवामाई नगरपालिका–३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा बेपत्ता भएका रतुवामाई नगरपालिका(७ का २४ बर्षीय अरुण ऋषिदेव मृत फेला परेका छन् ।

गत सोमवार दिउँसो खोला तर्ने क्रममा अचानक बगाएर बेपत्ता भएका ऋषिदेवलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो करिव ३ किलोमिटर तल सोही खोलाको किनारामा कम्मर भन्दा मुनी बालुवामा पुरिएको अवस्थामा मृत फेला पारेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here