झापामा खोलाले बगाएर एक जनाको मृत्यु

0
810

झापा।

झापाको अर्जुनधारा नगरपालिका–२ का ६० बर्षीय पर्शुराम भन्ने फत्तेबहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको छ ।

बुधरवार दिउँसो साँढे ५ बजेको समयमा बजारबाट किनमेल गरी घर फर्केका बस्नेत बाटोमा रहेको टाङटिङ खोला तर्ने क्रममा अचानक खोलाले बगाएको र खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव ६०० मिटर तल मृत फेला पारेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here