झापा।

झापाको अर्जुनधारा नगरपालिका–११ बस्ने प्रबिन मुर्मुको ३ बर्षीय छोरा ऋषि मुर्मुको पानीमा डुबेर मृत्यु भएको छ ।
आज घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आफन्तले फेला पारी तत्काल उद्धार गरी उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउना साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।































