सुनसरी।

सुनसरीको देवानगंज–२ मुसरी टोल बस्ने २० बर्षीय महबुज अन्सारीको करेन्ट लागेर मृत्यु भएको छ ।
अन्सारीले बिजुलीको ट्रान्समिटरको पोलमा नेटको तार जोड्ने क्रममा एक्कासी करेन्ट लाग्दा उनी वेहोस भएका थिए ।
वेहोस भएका अन्सारीको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।































