गाउँपालिका अध्यक्षलाई कुटपिट गर्ने पक्राउ

0
518

मोरङ।

मोरङको केरावारी गाउँपालिकाका अध्यक्ष ४० बर्षीय रोहित कार्कीलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान साँढे ११ बजेको समयमा गाउँपालिकाको कार्यालयमा ठेक्का पट्टाको बिषयलाई लिएर अध्यक्षलाई कुटपिट गर्ने केरावारी गाउँपालिका–१० का ३२ बर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ठकुरीको साथबाट एक थान चक्कु र एक थान खुकुरी समेत बरामद भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाईते भएका अध्यक्ष कार्कीको नोवेल अस्पताल बिराटनगरमा उपचार भईरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here