नीजि बिद्यालय सञ्चालन गर्न विर्तामोड नगर प्याब्सन र एनप्याब्सनको माग

३ श्रावण २०७७, शनिबार मा प्रकाशित

तुलसीप्रसाद निरौला / बिर्तामोड ।

विर्तामोड नगर प्याब्सन र विर्तामोड नगर एनप्याब्सनले विर्तामोड नगरपालिकाभित्रका नीजि बिद्यालयहरु सञ्चालन गर्न माग गरेको छ ।

विर्तामोड नगर प्याब्सन र विर्तामोड नगर एनप्याब्सनका पदाधिकारीहरुले विर्तामोड नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै कोरोना भाइरसको संक्रमणको प्रभावको अध्ययन गरी यथासम्भव जोर–विजोर वा आलोपालो प्रणालीमा कक्षा सञ्चालन गर्ने ब्यवस्था मिलाईदिन माग गरेका हुन् ।

विर्तामोड नगर प्याब्सनका अध्यक्ष उत्तम खनाल र विर्तामोड नगर एनप्याब्सनका सदस्य मोहन आचार्यको नेतृत्वमा गएको टोलीले विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई ज्ञापन पत्र बुझाएको थियो ।

प्याब्सन र एनप्याब्सन केन्द्रीय समितिको निर्देशन बमोजिम विर्तामोड नगर प्याब्सन र विर्तामोड नगर एनप्याब्सनले विर्तामोड नगरपालिकामा ज्ञापन पत्र वुझाएको विर्तामोड नगर प्याब्सनका अध्यक्ष उत्तम खनालले वताए ।

विर्तामोड नगर प्याब्सनका अध्यक्ष उत्तम खनाल र विर्तामोड नगर एनप्याब्सनका सदस्य मोहन आचार्यले हस्ताक्षर गरी वुझाएको ज्ञापन पत्रमा कोभिड –१९ बाट सृजित समस्याको समाधानार्थ प्याब्सन र एनप्याब्सनले सरकार समक्ष गरेको आग्रहको बेवास्ता गरेकाले त्यसबाट बिद्यालयहरुलाई दैनिक गतिविधी सञ्चालन गर्न आर्थिक तथा नैतिक दृष्टिकोणले अफ्ठ्यारो पर्दै गएका कारण हाल सञ्चालनमा रहेका सिकाईका वैकल्पिक विधिहरु अर्को सुचना जारी नभईञ्जेलसम्मका लागि बन्द गर्ने निर्देशन अनुसार विर्तामोड नगरपालिकाभित्र रहेका नीजि बिद्यालयहरुका सबै गतिविधि बन्द गर्ने उल्लेख छ ।

त्यस्तै कोभिड –१९ का कारण प्रभावित भएका विद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्न, नयाँ बिद्यार्थी भर्ना, बिद्यार्थीको अभिलेखिकरण गर्न र पाठ्यपुस्तक तथा शैक्षिक सामग्री ब्यवस्थापन गर्ने वातावरण मिलाइदिन विर्तामोड नगरपालिकासमक्ष माग गरिएको छ ।

त्यस्तै अनलाईन कक्षा र भर्चुअल कक्षाहरुको पहुँचमा बिद्यार्थीहरु आउन नसकेको बताउँदै कोभिड –१९ को प्रभावको अध्ययन गरी यथासम्भव जोर–विजोर वा आलोपालो प्रणालीमा कक्षा सञ्चालन गर्ने ब्यवस्था मिलाईदिन विर्तामोड नगरपालिकासमक्ष माग गरिएको छ ।

त्यसैगरी क्वारेन्टिनको रुपमा प्रयोग भएका बिद्यालयहरुको स्थानान्तरण, वहाल कर एवं ब्यवसायीक कर लागयतको महशुलमा छुट दिन, सार्वजनिक बिदा कटौती गरी नयाँ शैक्षिक क्यालेन्डरको निर्माण एवं शिक्षा नियमावलीले तोके बमोजिमको तोकीएको जिम्मेवारी पुरा गर्ने सवालमा शुल्कहरु संकलन गर्न पाउने ब्यवस्था गर्न विर्तामोड नगरपालिकासमक्ष माग गरिएको छ ।

त्यस्तै नीजि बिद्यालयहरुले शैक्षिक शत्र २०७६ को बाँकी वक्यौता र २०७७ को कुनै पनि शुल्क नलिन सरकारले गरेको निर्देशनबाट बिद्यालयमा कार्यरत शिक्षक–कर्मचारीको तलव–भत्ताको ब्यवस्थापन गर्न नसकिएकाले उचित सहयोग गर्न समेत विर्तामोड नगरपालिकासमक्ष माग गरिएको छ ।

विर्तामोड नगर प्याब्सनका अध्यक्ष उत्तम खनालको अध्यक्षता तथा झापा क्षेत्र नं.२ कि संघीय सांसद पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्याव्सनका पूर्व केन्द्रीय सदस्य तथा शिक्षा समिति सदस्य गुरुभक्त न्यौपानेले औचित्यमाथी प्रकाश पारेका थिए ।

कार्यक्रममा सांसद पवित्रा निरौला खरेलले कोभिड–१९ ले सबैभन्दा बढी शिक्षा क्षेत्रमा असर परेकाले यो क्षेत्रको समस्या समाधानको लागि सरकार जिम्मेवार भएको बताउँदै यसका लागि आफूले पहल गर्ने आश्वासन दिइन् । त्यस्तै विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंले ज्ञापनपत्र वुझ्दै निजी विद्यालय सञ्चालकले राखेका माग संवदेनशील रहेकाले समस्या समाधानका लागि आफूले पहल गर्ने वताइन् ।

कार्यक्रममा विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पशुपति खतिवडा, नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी , प्याव्सन झापा सहसचिव हरिकृष्ण पाठक, विर्तामोडमा रहेका नीजि बिद्यालयका सञ्चालक, प्रिन्सिपल, विर्तामोड नगर प्याब्सन , एनप्याब्सनका संस्थापक , प्रतिनिधि शिक्षकहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको सञ्चालन विर्तामोड नगर प्याब्सनका सचिव सुरेन्द्र खरेलले गरेको विर्तामोड नगर प्याब्सनका उपाध्यक्ष सन्तोष सुव्वाले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here