सीसीटीभीको प्रभावकारिता: अपराधमा संलग्न पक्राऊ,प्रविधिले अनुसन्धानमा सहजता

0
1414

झापा।

झापाको बिर्तामोड पूर्वकै ब्यस्त शहरको रुपमा रहेको छ । केही समय अघि सम्म यहाँ दिनहुँ जसो चोरी तथा बैंकबाट पैसा निकाले र गन्तब्य तर्फ हिडेका ब्यक्ति पनि लुटपाटमा पर्न थाले । लुटपाटमा संलग्नलाई पक्राउ गर्न प्रहरीलाई निकै समय लाग्ने गरेको थियो । तर, बिर्तामोड क्षेत्रमा सीसीटीभी जडान गरिसंगै अपराधमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

विभिन्न सामाजिक संघ संस्था, प्रदेश सरकार लगायतको सहयोगमा राजमार्गका अधिकांश स्थानमा सीसीटीभी जडान गरिएको र अपराधमा संलग्नहरु पक्राउ पर्ने क्रम बढेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकन्द रिजालले बताए । प्रविधिको सहयोग पछि बिर्तामोड क्षेत्रमा आपाराधिक क्रियापकलाप घटेको छ । प्रविधिको प्रयोगले अपराधमा संलग्नलाई पक्राउ गर्न पनि सहज भएको प्रहरीको दाबी छ । गत आर्थिक वर्षमा सिसिटिभीको सहयोगमार्फत १० वटा आपाराधिक घटनाका दोषीलाई पक्राउ गरिएको प्रमुख रिजालले बताए ।

‘गत वर्ष भदौ २२ गते विप्लव समूहले सहारा नेपाल सहकारीको भवनमा प्रेसर कुकर बम विस्फोट गरायो । घटनामा संलग्नलाई सिसिटिभी फुटेज कै आधारमा पक्रा गर्न सफल भयौँ’, उनले भने, ‘अन्य चोरीको घटना त झनै घटेको छ । चोरीमा संलग्न पनि सचेत भएका छन् ।’

त्यस्तै गत वर्षको काक्तिक १३ गते दिउँसो बिर्तामोड–५ मा डेरागरी बसेका ललिता सापकोटा, गिता पौडेल, मधु गुप्ताको घरमा समेत चोरी भएको सुचना प्राप्त भएसंगै त्यस घटनामा संलग्न भारतको सिलिगुढी घरभएका रघुबरप्रसाद साहलाई सीसीटीभीको सहायतामा पक्राउ गरेको डीएसपी रिजालले बताए । त्यस्तै बिर्तामोडकै कृषिथोक बजार क्षेत्रमा साइकलबाट घर तर्फ जाँदै गर्दा अर्जुनधारा–४ का अनुप भन्ने आईत सुब्बाको बैंकबाट निकालेको दुई लाख १२ हजार चार सय १८ रुपैंया नगद मध्ये ब्यागबाट एक लाख ५० हजार चोरी गरेर मोटरसाइकलमा फरार ब्यक्तिलाई समेत प्रहरीले सीसीटीभी फुटेको सहायतामा पक्राउ गर्न सफल भएको थियो । उक्त घटनामा संलग्न अर्जुनधारा–११ का मन्त चेम्जोङ र मोहन भन्ने मनकुमार बुढाथोकीलाई पक्राउ गर्न सफल भएको डीएसपी रिजालले बताए ।

प्रहरीले चोरी, लुटपाट मात्र होइन् । सवारी दुर्घटना गराएर फरार भएका सवारी साधनलाई समेत पक्राउ गर्न सजिलो भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड,अर्जुनधार र कनकाई नगरपालिकासंगै बाह्रदशी गाँउपालिकाका केही क्षेत्र समेत हेर्नुपर्ने भएकाले जनशक्ति कमभए पनि प्रविधिको प्रयोगका कारण अपराधमा संलग्नहरु कानुनको कठघरामा ल्याउन सफल भएको डीएसपी रिजालले बताए ।

उनका अनुसार पछिल्लो आर्थिक वर्षमा अपराध घटको छ । आर्थिक वर्ष २०७५÷०७६ मा इलाका प्रहरी कार्यालय अनारमनीमा अपराध सम्बन्धि ४९९ वटा मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्षमा २९६ मात्र मुद्दा दर्ता भएको रिजालले बताए । ‘आएको मुद्दाहरूलाई पनि अधिकतम प्रविधिको प्रयोग गरेर अनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘जसका कारण प्रहरीलाई अनुसन्धानमा धेरै सहयोग भएको छ ।’

यस्तै, बिर्तामोड क्षेत्रमा जवरजस्तीकरणीका घटनामा पनि कमी आएको प्रहरीको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७५÷०७६ मा ४० वटा जवरजस्तीकरणीको मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्षमा २७ वटा मात्र घटना भएको उनले बताए । यस्तै, बैंकिङ कसुर सम्बन्धिका घटनामा पनि कमी आएको छ ।

गत आर्थिक वर्षमा अघिल्लो भन्दा ८ वटा कम मुद्दा दर्ता भएको डीएसपी रिजालल बताए । यस्तै, गत आर्थिक वर्षमा तीन जनाको हत्या भएको प्रहरीले जनाएको छ । जसध्ये बिर्तामोड–२ चारपानेमा भएको हत्या सबैभन्दा चर्चित छ । हत्या गरी लिंग काटेर मान्छेमाथि आगो लगाएको अवस्थामा शव फेला परेको थियो । उक्त घटनाको सफल अनुसन्धान भएको उनले बताए ।

यसैबीच झापाको सबैभन्दा ठूलो व्यापारिक केन्द्र बिर्तामोडमा लकडाउनको समयमा आत्माहत्यको घटनामा वृद्धि भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार लकडाउनको समयमा १७ जनाले आत्महत्या गरेका छन् ।

जसमा ९ पुरुष र ८ महिला रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रिजालल जानकारी दिए ।

उनका अनुसार वर्षभरमा सबैभन्दा धेरै लकडाउनको समयमा आत्महत्या भएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा २७ जनाले आत्महत्या गरे । जसमध्ये १७ जनाले लकडाउनकै अवधिमा गरेका हुन् । यद्यपि अघिल्लो आर्थिक वर्ष २०७५÷०७६को तुलनामा गत आर्थिक वर्षमा अत्महत्या गर्नेको संख्यामा कमी आएको छ ।

अघिल्लो आर्थिक वर्षमा ८८ जनाले अत्महत्या गरेका थिए भने गत आर्थिक वर्षमा २७ जनाले मात्र आत्महत्या गरेको प्रहरीले जनाको छ । ‘लकडाउन आर्थिक मानसिक तथा आर्थिक समस्याका कारण आत्महत्या गर्नेको संख्या बढ्यो’, डीएसपी रिजालले भने, ‘यद्यपि हामीले जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here