अब काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ५ हजार ८२५ मात्रै

४ श्रावण २०७७, आईतवार मा प्रकाशित

काठमाण्डौ,

पछिल्लो २४ घण्टामा जम्मा ५७ जनामा मात्रै कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा जम्मा ५७ जनामा कोरोना पुष्टि भएको हो । अहिले सक्रिय र निको भएर घर गएका जोड्दा १७ हजार पाँच सय दुई जनामा कोरोना पुष्टि भएको मन्त्रलायले जनाएको छ ।

अहिले देशभरका आइसोलेशनमा पाँच हजार आठ सय २५ जना सक्रिय सङ्क्रमित रहेकाे मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ७९ जना, प्रदेश २ मा एक हजार आठ सय ४४, वाग्मतीमा चार सय ११, गण्डकीमा चार सय आठ जना, प्रदेश ५ मा चार सय १४ , कर्णाली प्रदेशमा तीन सय १७ र सुदूरपश्चिममा दुई हजार तीन सय ५२ जना आइसोलेशनमा छन् ।

कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ६ सय ३७ पुगेको छ । जसमा एक सय तीन जना पछिल्लाे २४ घण्टामा डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेको याे सङ्ख्या कुल सङ्क्रमितको ६६ दशमलव १२ प्रतिशत हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here