हाम्रो नेपालले गर्यो लकडाउन अवधिको २९,३७, ९२८ रुपैयाँ व्याज मिनाह

४ श्रावण २०७७, आईतवार मा प्रकाशित

तुलसीप्रसाद निरौला / बिर्तामोड ।

झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्थाले लकडाउन अवधिको चार महिनाको २९ लाख ३७ हजार नौ सय २८ रुपैयाँ व्याज मिनाह गरेको छ ।

संस्थाले लकडाउन अवधि २०७६ चैतदेखि २०७७ असारमसान्तसम्मको चार महिनाको अवधिमा पाकेकोे ऋणको ब्याजमा १० प्रतिशत अर्थात् २९ लाख ३७ हजार नौ सय २८ रुपैयाँ व्याज मिनाह गरेको संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले जानकारी दिए ।

संस्थाका १३ वटा सदस्य सेवाकेन्द्रमा आवद्ध दुई हजार तीन सय ३२ जना ऋणी सदस्यहरुको लकडाउन अवधि २०७६ चैतदेखि २०७७ असारमसान्तसम्मको चार महिनाको अवधिमा लिएको ऋणको व्याज दुई करोड ९३ लाख ७९ हजार दुई सय ७९ रुपैयाँको १० प्रतिशत अर्थात् २९ लाख ३७ हजार नौ सय २८ रुपैयाँ व्याज मिनाह गरेको उनले बताए ।

त्यस्तै संस्थाले लकडाउन अवधि २०७६ चैतदेखि २०७७ असारमसान्तसम्मको चार महिनाको अवधिमा लिएको ऋणको १२ लाख १४ हजार रुपैयाँ हर्जाना जरीवाना मिनाह गरेको वताउँदै अध्यक्ष दंगालले ऋणी सदस्यहरुलाई ऋणको स्वेच्छिक किस्ता तिर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले जारी गरेको लकडाउनका कारण व्यापार व्यवसाय ठप्प रहेकोले त्यसवाट ऋणी सदस्यहरुलाई परेको असरलाई मध्यनजर गर्दै ऋणी सदस्यहरुलाई उक्त सुविधा दिएको उनले वताए ।

शेयर सदस्यहरुको जीवनका अनेकन सुखदुःखका क्षणहरुमा हाम्रो नेपालको न्यानो साथ पाएको बताउँदै अध्यक्ष दंगालले कोरोना भाइरसको संक्रमणवाट वच्न तीन हजार शेयर सदस्यको कोरोना बीमा गरिएको वताए ।

त्यस्तै संस्थाले कर्मचारी , सञ्चालक समितिका पदाधिकारी , लेखा सुपरीवेक्षण समितिका पदाधिकारी गरी एक सय ५० जनाको कोरोना बीमा गरिएको उनले वताए ।

लकडाउनको अवधिमा सदस्यहरुलाई थोरै भए पनि मद्दत पुगोस् भनेर शून्य प्रतिशत व्याजमा कर्जाको व्यवस्था , स्वास्थ्य सचेतना सञ्चालन , विर्तामोडका दुई सय १२ जना शेयर सदस्यलाई एक लाख ९० हजार रुपैयाँ वरावरको खाद्यान्न सामग्री वितरण गरिएको उनले वताए ।

त्यसैगरी संस्थाले बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा एक लाख एक हजार रुपैयाँ , अर्जुनधारा नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा ५१ हजार रुपैयाँ ,कनकाई नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा ५१ हजार रुपैयाँ ,भद्रपुर नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा ५१ हजार रुपैयाँ , मेचीनगर नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा ५१ हजार रुपैयाँ ,शिवसताक्षी नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा ५१ हजार रुपैयाँ ,गौरादह नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा ५१ हजार रुपैयाँ प्रदान गरेको उनले वताए ।

त्यसैगरी हल्दीवारी गाउँपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा ५१ हजार रुपैयाँ , बुद्धशान्ति गाउँपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा ५१ हजार रुपैयाँ , बाह्दशी गाउँपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा ५१ हजार रुपैयाँ प्रदान गरेको उनले वताए ।

त्यसैगरी नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ५१ हजार रुपैयाँ र एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट झापाको सुरुङ्गा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका स्थापनाका लागी झापा जिल्ला सहकारी संघले घोषणा गरेको सहकारी अभियान मार्फत एक लाख एक हजार रुपैयाँ प्रदान गरेको उनले वताए ।

विश्व कोरोना महामारीको संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेका बेला पनि सवैको सहयोगले संस्थाको वित्तिय अवस्था परिणाममुखी बनाउन सहयोग गर्ने सवैलाई संस्थाका अध्यक्ष दंगालले धन्यवाद दिएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here