माईधार ।

झापाको शिवसताक्षीमा एक महिलाको शव फेला परेको छ ।
शनिबार राति देखी हराइरहेकी स्थानीय ७७ बर्षकी फिपरानी लिम्बुको शव आईतवार शिवसताक्षी नगरपालिका वडा नम्बर– १० स्थित सरदारे खोलामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार आईतवार बिहान ९ बजे उनको शव फेला परेको हो । उनको शव खोलाको बीचमा थियो ।































