प्रतिबन्धित लागूऔषध सहित तीन जना पक्राउ

0
658

विराटनगर ।

मोरङको बिराटनगरबाट प्रतिबन्धित लागूऔषध सहित तनि जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारत अररिया जोगमनी बस्ने १९ बर्षीय तारिकन अनवर, बिराटनगर–६ का २० बर्षीय सुमित दास र सोही स्थानका १८ बर्षीय मनिस दास रहेका छन ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । हिजो साँझ साढे ६ बजे साईकलमा रहेका भारतीय नागरिक अनवरलाई विराटनगर–१५ स्थितबाट ३५ ग्राम ५६० मिलिग्राम खैरोहिरोयन ब्राउनसुगर सहित पक्राउ गरिएको हो । उनले साईकलको सिटमुनी ब्राउनसुगर लुकाई राखेका थिए ।

त्यस्ते बिराटनगर–१६ स्थितमा पैदल हिडिरहेका सुमित र मनिसलाई १२० नाईट्राभेट लागुऔषध ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय रानीबाट कानुनी कारबाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here