स्वास्थ्यका लागि उपयोगी गुर्जो महासंघलाई हस्तान्तरण

0
868

काठमाडौं।

समाजसेवी कमलबहादुर राजलवटले सुस्वास्थ्यका लागि बहुउपयोगी गुर्जो जातको ३ क्रेट बेर्ना आज नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई हस्तान्तरण गर्नुभयो ।

आन्तरिक राजस्व कार्यालय लाहानमा कार्यरत राजलवटले गुर्जो हस्तान्तरण गर्दै यो बहुउपयोगी औषधी शुरुमा एकलाख बेर्ना वितरण गर्ने लक्ष भएतापनि अब आवश्यकता पर्नेहरुलाई निशुल्क वितरण गरिने बताउनुभयो ।

रुघा खोकी, सबै प्रकारका ज्वरो लगायका लागि उपयोगी रहेको भन्दै गुर्जो रोप्न मेहनत धेरै लागत कम रहेको बताउनुभयो । करेसाबारी, कौसी तथा घाम लाग्ने जुनसुकै स्थानमा रोप्न सकिने बताउनुभयो ।

स्वास्थ्यका लागि बहु उपयोगी गुर्जोका विरुवा निशुल्क वितरण गर्ने अभियानमा लाग्नुभएका राजलवटलाई महासंघका अध्यक्ष आचार्यले धन्यबाद ज्ञापन गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here